एनआरएन ओमानको अध्यक्षमा पुनः डि.बि क्षेत्री चयन

मस्कट । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति एनआरएनए ओमानको अध्यक्षमा डि.बि क्षेत्री चयन भएका छन् । ओमानको राजधानी मस्कटको रुबीस्थित रुबी होटलमा शनिबार भएको दोस्रो अधिवेशनले क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । यसैगरी नवनियुक्त उपाध्यक्षमा दिपक श्रेष्ठ तथा इश्बर केसी, महासचिबमा ब्रजेन्द्र देव, सचिबमा पूर्ण बहादुर श्रेष्ठ, कोषाध्यक्षमा गुणहरी अधिकारी, सह-कोषाध्यक्षमा निरा राई, प्रबक्तामा किशोर अर्याल, युवा तथा खेलकुद संयोजकमा सञ्जय शाह, राहत कोष संयोजकमा बाबुराम अर्याल, महिला संयोजक मा सिम्पल थापा र संस्कृति तथा पर्यटन संयोजकमा नगेन्द्र पौडेल रहेका छन् ।
यसैगरी सदस्यहरुमा राजेश वाइबा, गोपाल कुबर, रोशन राई, नगेन्द्र बहादुर बस्नेत, बिन बहादुर बस्नेत, लालुप्रसाद न्यौपाने, कमल भट्टराई, ज्ञानेन्द्र खनाल तथा रवि लामिछाने रहेका छन् । महाधिवेशन निर्बतमान अध्यक्ष डि.बि क्षेत्रीको सभापतित्व एवम् गैर आबासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिब टि.बि कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने नेपाल दुतावास साउदीका उपनियोग प्रमुख तथा एन आर.एन फोकल पोइन्ट हरीश चन्द्र घिमिरेको बिशेष अतिथ्यता रहेको थियो ।
कार्यक्रममा एन.आर.एन.ए दुबइका अध्यक्ष चन्द्र रोकाहा, संघका अन्तर्राष्ट्रिय सदस्य टिकाराम ढकाल, क्षेत्रीय समिति सल्लाहकार संयोजक चन्द्र कुमार सुनुवार, क्षेत्रिय समिति शोहारका संयोजक गोपाल गौतम तथा स्थानिय संघ संगठनका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेम सापकोटा तथा राजु श्रेष्ठले गर्नु भएको थियो । यस्तै नबनियुक्त समितिले प्रमुख सल्लाहाकारमा प्रेम सापकोटा तथा बरिष्ठ सल्लाहकारमा राजु श्रेष्ठलाई मनोनित गरेको छ ।

news and entertainment