खेताला विद्यार्थी' भर्ना गर्दा उत्पन्न विवाद चर्किएपछि स्ववियु निर्वाचन स्थगित-
काठमाडौ, जेष्ठ १७ - विद्यार्थी संगठनले चुनाव जित्न रातारात 'खेताला विद्यार्थी' भर्ना गर्दा उत्पन्न विवाद चर्किएपछि जेठ २३ मा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन भएको छ ।
विद्यार्थी संगठनले लाखौं रुपैया खर्चेर मध्यरातसम्म गरेको भर्ना खारेज गर्ने/नगर्ने विवादले क्याम्पसहरूमा तालाबन्दी र झडप भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारी वैठकले उम्मेदवारी मनोनयनका दिन बिहीबार चुनाव स्थगनको घोषणा गरेको हो ।
विवादपछि विद्यार्थी संगठनबाट भएको भौतिक आक्रमण र मानसिक दवावले असुरक्षित महसुस गरेर त्रिवि केन्द्रीय क्याम्पससहितका केही क्याम्पसका निर्वाचन समितिले राजिनामा नै दिएका थिए । उपत्यकाका क्याम्पस प्रमुखहरुले अहिलेकै अवस्थामा चुनाव गर्न नसक्ने भन्दै संयुक्त रुपमा त्रिवि पदाधिकारीको ध्यानाकर्षण गराएका थिए । त्रिवि उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख सहितको वैठकले 'चुनावी वातावरण प्रतिकुल भएको' भन्दै निर्वाचन स्थगन गरेको हो । ५ वर्षपछि हुन लागेको यो चुनावको अर्को मिति भने तोकिएको छैन ।
मिनी चुनावका रुपमा लिइने स्ववियु चुनाव स्थगनले संविधानसभा चुनाव हुनेमा समेत आशंका उब्जाएको छ । स्थगनको घोषणा गर्नुअघि त्रिवि उपकुलपति हीराबहादुर महर्जनले त्रिवि पदाधिकारी राखेर चार विद्यार्थी संगठनसित विहीवार छलफल गरेका थिए । छलफलमा 'चुनावकेन्द्रीत विवादमा विद्यार्थी संगठनले आपसमा सहमति नगरे' त्रिविले जबरजस्ती चुनाव स्थगन गर्न बाध्य हुने बताएका थिए ।
छलफलमा नेकपा-माओवादी पक्षधर आखिल -क्रान्तिकारी)ले चुनावी प्रयोजनका लागि गरिएका विद्यार्थी भर्ना खारेज गर्न नसके विश्वविद्यलायले उनीहरुलाई मतदानको अधिकार दिन नहुने अडान राखेको थियो । उक्त अडानप्रति एमाओवादी अखिल क्रान्तिकारीले विमती जनाएपछि चुनावको वातावरण बिग्रेको हो । एमाओवादी पक्षको अखिल क्रान्तिकारीले त्रिविले तोकेको समयसीमामै भर्ना भएकाले उनीहरुको मताधिकार सुरक्षित गर्नुपर्ने बताएको थियो । विवादमा आएका क्याम्पसमा छानविन समिति गठन गरेर भए पनि तोकिएकै मितिमा चुनाव गर्नुपर्नेमा उसको जोड थियो ।
केन्द्रीय क्याम्पस लगायत प्रदर्शनीमार्गको रत्नराज्य -आरआर), शंकरदेव, त्रिचन्द्र, अमृत साइन्स, मीनभवन, सानोठिमी, महेन्द्ररत्न र पाटनमा अखिल क्रान्तिकारी, एमाले अखिल र नेवि संघले भर्नाको अन्तिम दिन जेठ २ र ३ गते चुनावी प्रयोजनका लागि लाखौं रुपैया खर्चेर सयौं विद्यार्थी मध्य रातमा भर्ना गरेका थिए । 'खास विद्यार्थी बेलैमा भर्ना हुन्छन्, कानुनी रुपमा अन्तिम दिन भर्ना भएका पनि विद्यार्थी हुन् तर चुनावी प्रयोजनका लागि भएकाले उनीहरुलाई मतदानको अधिकार दिनु हुन्न भन्ने हाम्रो अडान हो', केन्द्रीय क्यामपस र आरआरमा तालाबन्दी गरिरहेको नेकपा-माओवादीको क्रान्तिकारीका सचिव रत्न ढकालले भने, 'विद्यार्थी संगठनले आफ्नो मूल्य, मान्यता र नैतिकता बेचेर आफूलाई लठैत र गुण्डा सावित गरेका छन् । यसले हामीलाई नै कमजोर बनाएको छ ।'
एमाओवादी अखिल क्रान्तिकारीले क्रान्तिकारीको बन्द विरुद्ध हिमाल शर्मा नेतृत्वको क्रान्तिकारीले देशभरका क्याम्पसमा तालाबन्दी गरेपछि वातावरण विग्रदै गएको हो । उसले त्रिवि पदाधिकारीलाई केही दिन अघि ज्ञापन बुझाएर 'तत्काल चुनावी वातावरण नबनाए आन्दोलनको चेतावनी' दिएको थियो । क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले चुनाव स्थगनको निर्णय विद्यार्थी संगठनका लागि कालो दिन भएको बताए । 'त्रिवि पदाधिकारी स्ववियु चुनावप्रति गम्भीर देखिएनन्, हामीले दिएको छानविन समिति गठन गरेर भए पनि चुनावमा जान सकिने सल्लाह वेवास्ता गरेर कमजोरी देखाए', आफूहरुले गरेकेा तालाबन्दी खोल्न राजी भएको उल्लेख गर्दै उनले भने, 'चुनाव स्थगनले पदाधिकारी विरुद्ध हुने आन्दोलन थेग्ने सामथ्र्य जोगाइराख्न हामी पदाधिकारीलाई चेतावनी दिन्छौं । चाहन्छौं त्यस्तो अपि्रय अवस्था नआओस् । केही दिनपछि भए पनि स्ववियु चुनाव होस् ।'
चुनावका लागि पर्चा, पम्प्लेट, मोबाइलमा रिंग ब्याक टोन, कार्यकर्तालाई खानपान लगायतमा विद्यार्थी संगठनले दैनिक हजारौं रुपैया खर्चिसकेका छन् । अखिल क्रान्तिकारीलाई एमाओवादीले र अखिललाई एमालेले विद्यार्थी भर्नाका लागि पैसा दिएको छ । त्यसबाहेक स्ववियु चुनावका लागि विद्यार्थीले क्यामपस छेउका व्यापारी, उद्योगी, निजी शिक्षालय सञ्चलकसित चन्दा आतंक मच्चाएका छन् ।
'आफूलाई भोलिको नेता दावी गर्ने विद्यार्थी संगठनको नेतृत्वले स्ववियु चुनावमा न्युनतम समझदारी समेत गर्न नसक्नु नालायकीपन र लाजमर्दो कुरा हो', अखिल सचिवालय सदस्य तथा शैक्षिक विभाग प्रमुख राधिका खतिवडाले भनिन्, 'लाखौं विद्यार्थीको मताधिकारको विपक्षमा निर्णय गरेर त्रिवि पनि विद्यार्थी संगठनजस्तै गैरजिम्मेवार बनेको छ ।'
उम्मेदवार मनेनयनको दिनसम्म पनि क्याम्पसहरुमा उम्मेदवार छान्न नसकेको एमाले अखिल र नेवि संघलाई भने स्थगनले राहत दिएको छ । दुवै संगठनमा पदका आकांक्षी एउटा कलेजमा ५ जनासम्म देखिएपछि उम्मेदवार छनौटमा केन्द्रीय नेता लाग्दा पनि विवाद साम्य हुन सकेको थिएन । नेवि संघले स्थगनको जिम्मेवारी एमाले र दुई माओवादीका विद्यार्थी संगठनले लिनु पर्ने आरोप लगाएको छ । उसले विज्ञप्तिमार्फत ती संगठनलाई 'लोकतन्त्र विरोधी कुतत्व'को संज्ञा दिएको छ ।