सम्पूर्ण जीवित प्राणीको जीवन अस्तित्वको मूल कारण वा स्रोत यौन हो तर यसलाई हेर्ने र बुझ्ने दृष्टिकोण भने मानव समाजमा सकारात्मक र स्वच्छ पाइँदैन । प्राणीहरू मध्ये सबैभन्दा बुद्धिमान र चलाख मानिस नै भए पनि यौनको विषयमा भने मानिसले अपेक्षित बुद्धि पुर्याएको पाइँदैन । त्यसैले सबै प्राणीमध्ये यौन अतृप्त र यौन कुण्ठाले ग्रस्त जाति पनि मानिस नै बन्न गएको पाइन्छ । यसको मुख्य कारण मानिसले प्रकृतिप्रदत्त यौनलाई कृत्रिम र अव्यवहारिक नीति-नियममा बाँध्ने प्रयास गर्नु हो । यसरी बाँध्न खोज्दा यौन ज्ञान जस्तो जीवनोपयोगी विषयसमेत बाँधिन गएको पाइन्छ । तुलनात्मक रूपमा अहिले हेर्दा पश्चिमी समाज यौनको मामिलामा पूर्वीय समाजभन्दा बढी उदार हो कि जस्तो देखिए तापनि विगतका यथार्थ केलाउने हो भने यो सत्य नभएको पाइन्छ । जसको फलस्वरूप युगौँसम्म पनि पश्चिमी जगत् यौनका आधारभूत ज्ञानबाट वञ्चित रहेको थियो । सन् १९५०को दशकसम्म पनि पश्चिमी जगत्का अधिकाँश पुरुषहरूलाई स्त्रीको योनिमा मूत्रद्वार र योनिद्वार गरी दुईवटा द्वार रहेको हुन्छ भन्ने ज्ञान थिएन । चिकित्सा विज्ञान पढनेहरूमा मात्र यो ज्ञान रहेको थियो भनिन्छ । पचासको दशक पछिमात्र पश्चिमका विद्यालयका किशोरकिशोरीहरूलाई आधारभूत यौन शिक्षा दिन थालिएपछि मात्र विस्तारै उनीहरूले यौन लगायत यौनसम्बन्धी अनेकौँ रहस्य थाहा पाउँदै आए ।
पूर्वीय समाजमा अहिलेसम्म पनि छोरा वा छोरी जन्मनुमा स्त्रीको नै निणर्ायक भूमिका हुन्छ भन्ने भ्रम व्याप्त छ । क्रोमोजोमबारे सामान्य ज्ञान समेत नहुँदा सदियौँदेखि स्त्रीहरूले छोरी मात्र पाएको आरोप खेप्दै अनेकौँ अन्याय र अत्याचार सहँदै आएका छन् । यदि गर्भवतीले छोरा वा छोरी जन्माउनुमा उसको होइन, उसको पतिमा रहेको क्रोमोजोमको निणर्ायक भूमिका हुन्छ भन्ने ज्ञान समाजमा भइदिएको भए विश्वमा स्त्रीजातिको अवस्थामा निकै ठूलो अन्तर आउने थियो । समुचित यौन ज्ञानको अभावमा युगौँदेखि समाजमा यस्ता अनेकौँ पीडा व्याप्त रहेका छन् । त्यसैले व्यक्तिगत जीवन, पारिवारिक जीवनदेखि समाज र राष्ट्रसमेतलाई यस्ता समस्याबाट मुक्त गराउने हो भने ढिलोमा पनि किशोरावस्थादेखि यौन ज्ञान दिने भरपर्दो व्यवस्था हुनु अपरिहार्य छ ।
यौन ज्ञान कसरी लिने दिने भन्ने कुरा वास्तवमा त्यति सजिलो छैन, न त गर्नै नसकिने कठिन । यौन ज्ञान लिने-दिने सन्दर्भमा सबैभन्दा महìवपूर्ण आधार वा पूर्व सर्त हो - यौनप्रतिको सकारात्मक दृष्टिकोण । जबसम्म मानिसमा यौन पाप हो, फोहर हो, अनैतिक हो, विवाहितको मात्र चासोको विषय हो भन्नेजस्ता नकारात्मक र सँकुचित दृष्टिकोण रहिरहन्छन्, तबसम्म यौन ज्ञानको समुचित विकास हुन सक्दैन । यौनलाई प्रत्येक व्यक्तिको जीवनका लागि अत्यावश्यक जीवनोपयोगी विषयको रूपमा ग्रहण गर्न सक्नु पर्दछ ।
यौन ज्ञानको एक प्रमुख स्रोत आफूभन्दा परिपक्व व्यक्तिहरू हुन्, जस्का अनुभवबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्दछ । 'परिवार नै प्रत्येक व्यक्तिको पहिलो पाठशाला' हो भन्ने उक्ति यहाँ निकै सान्दर्भिक हुन आँउछ । किनभने मानिसले जीवनभर उपयोगी हुने कतिपय ज्ञान, व्यवहार र आचरण परिवारबाटै सिक्दछ भने यौन ज्ञान प्राप्त गर्ने पहिलो र भरपर्दो थलो पनि परिवार नै हो । यद्यपि हाम्रा परिवार यो भूमिकामा कत्तिको सफल छन् त्यो विचारणीय पक्ष छ ।
परिवारका प्रत्येक वयस्क पुरुषले आˆना भाइ, छोरालाई र महिलाले बहिनी, छोरी, बुहारी आदिलाई यौनबारे आˆ्ना अनुभवका आधारमा खुुलस्त सल्लाह दिने हो भने यौन ज्ञान सहजरूपमा आदानप्रदान हुनसक्छ । यसका लागि परिवारमा आˆना जुनसुकै समस्या राख्न र सल्लाह लिनदिन सकिने सहज वातावरण हुन आवश्यक छ । 'विवाह गरेपछि यौनबारे आफैँ जानिन्छ, कोहीकसैबाट सिकी रहनु पर्दैन' भन्ने धारणा आम रूपमा पाइन्छ तर यो ठूलो भ्रम हो । किनकि यौन जीवनमा विवाह गरेपछि मात्र सुरु हुने होइन । पुरुष होस् वा स्त्री, विवाह हुनुभन्दा धेरैअघिदेखि नै प्रत्येक व्यक्तिले यौनका विभिन्न अनुभूतिहरू प्राप्त गर्न थालिसेकेका हुन्छन् । त्यसैले विवाह पहिले नै आधारभूत यौन ज्ञानको खाँचो महसुस भइसकेको हुन्छ ।
मुख्य कुरो, बालबालिका, किशोरकिशोरीहरूले यौनसम्बन्धी कुनै जिज्ञासा राखेमा त्यसलाई सहजरूपमा लिएर सरल भाषाशैलीमा यथोचित उत्तर दिनु पर्दछ तर हाम्रा परिवारहरूमा कुनै बालबालिकाले कौतुहलतावश यौनसम्बन्धी कुनै जिज्ञासा राखी प्रश्न सोधे भने गाली गर्ने, हप्काउने अभिभावकहरूको यस्तो गल्तीका कारण बालबालिका वा किशोरकिशोरीहरूले गलत तरिका अपनाउने, गलत व्यक्तिसँग सोध्न जाने अवस्था आउँछ । यसरी कुनै किशोरीले यौनसम्बन्धी आˆनो जिज्ञासा कुनै गलत व्यक्तिसमक्ष राख्न पुगेमा त्यस व्यक्तिले उसलाई यौन शोषण गर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले उमेरजन्य यौन जिज्ञासा राख्ने आˆना परिवारका कनिष्ठ सदस्यहरूलाई गाली गरेर निरुत्साहित पार्ने होइन, सहजरूपमा कुरा बुझाइदिनु पर्दछ ।
यौनसम्बन्धी कतिपय कुरा खुलस्त र स्पष्टसँग बताउन नसकिएमा यौन विषयका ज्ञानबर्द्धक पुस्तक पढ्न दिएर पनि उनीहरूको जिज्ञासा मेटाउनमा सहयोग पुर्याउन सकिन्छ । विकसित मुलुकतिर यसै गरिन्छ तर यहाँनिर बुझ्नुपर्ने अर्को यथार्थ के पनि छ भने हाम्रा अभिभावकहरू वा परिवारका वरिष्ठहरू स्वयं यौनका बारेमा कत्तिको जानकार छन् ? सन्तान जन्मनुलाई ईश्वरको लीला मात्र मान्ने सोच भएका अभिभावकहरूबाट केटाकेटीहरूले उचित यौन ज्ञान पाउन सक्दैनन् ।
यौन ज्ञान प्राप्त गर्न सकिने अर्को भरपर्दो माध्यम औपचारिक शिक्षा हो । विद्यार्थीहरूलाई प्रमाणपत्रमुखी मात्र नभई जीवनोपयोगी शिक्षा दिने हो भने स्व्ाास्थ्य शिक्षा, यौन शिक्षालाई प्राथमिकताकासाथ अध्ययन अध्यापन गराइनु पर्दछ । यी विषयका शिक्षाबाट व्यक्ति आजीवन लाभान्वित हुन सक्दछ । त्यसैले विद्यालयमा यौन शिक्षाको व्यवस्था हुनु जरुरी छ । स्वप्नदोष, रजस्वलाजस्ता जीवनका अपरिहार्य यौन घटनाहरूको अनुभव विद्यार्थी जीवनमै हुने हुँदा विद्यालयमै यसबारे उचित तरिकाले ज्ञान दिनु पर्दछ तर पाठ्यक्रममा राख्दैमा यौन शिक्षाको लक्ष्य हाँसिल हुन सक्दैन । यसका लागि तालिम प्राप्त दक्ष शिक्षक-शिक्षिकाको व्यवस्था हुनु अत्यन्तै जरुरी हुन्छ । अन्यथा यो विषय उपेक्षित हुने, शिक्षीक शिक्षिकाले राम्रोसँग पढाउनुको साटो 'यो तिमीहरू आफँै पढ्नु' भनेर पन्छाउने प्रवृत्ति बढ्न जान्छ । यौन विषय पढाउनु अरू विषय पढाउनु भन्दा निकै चुनौतीपूर्ण हुन्छ । यसमा भाषाको सालिनता र अभिव्यक्ति शैलीमा निकै होस् पुर्याउनु पर्दछ भने यो प्रयोग गरेर देखाउन नमिल्ने प्रयोगात्मक विषय हो । आˆनो जीवनलाई आवश्यक पर्ने आधारभूत यौनज्ञान हाँसिल गर्न अन्ाौपचारिक माध्यम वा स्वाध्यायन पनि अपनाउन सकिन्छ । यौन ज्ञान दिने जानकारीमूलक एवं ज्ञानबर्द्धक पुस्तक, पत्रपत्रिका, इन्टरनेट साइटहरूको अध्ययन लाभदायक हुन्छन् तर केवल यौन उत्तेजना जगाउने खालका अश्लील प्रकाशनहरूबाट भने कुनै उपयोगी ज्ञानको आशा गर्न सकिँदैन । यसतर्फ भने होस् पुर्याउनु पर्दछ ।
यौन विषय पनि अरू विषयजस्तै एक बौद्धिक विषय हो । खाँचो छ केवल यसलाई हेर्ने सकारात्मक दृष्टिकोणको । सकारात्मक दृष्टिकोण राखी यौन ज्ञानप्रति जागरुक रहेमा यसबाट अत्यन्तै जीवनोपयोगी लाभ लिन सकिन्छ । सुरक्षित यौनजस्ता अत्यावश्यक विषयमा समेत बेलैमा समुचित ज्ञान नपाएका कारण कैयौँ नवयुवाहरूको जीवन नै बर्बाद भएको कटु यथार्थप्रति हेक्का राख्नु सम्पूर्ण नवयुवाहरूको दायित्व हो ।
|