घन्टाघरमा भएको हत्यामा हत्यारा र गच्छदारको साँठगाँठ रहेको खुलासा

दुई बर्षअघि राजधानीको घण्टाघरमा इस्लामी संघका अध्यक्ष फैजान अहमदलाई गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकारको सम्बन्ध तत्कालीन गृहमन्त्री बिजयकुमार गच्छदारसँग भएको खुलेको छ ।
प्रहरी अनुसन्धानले हत्याका मुख्य योजनाकार ठहर गरेका बब्बु र त्रिलोक सिंह उपनामका दीपक शाहीले फैजान हत्याअघि र पछि पनि पटकपटक गच्छदारको मोबाइलमा सम्र्पक गरेको अनुसन्धानबाट खुलेको छ ।
फैजानलाई हत्या गर्न काठमाण्डौं आएका भारतीय नागरिकहरुले दुईवटा भारतीय नम्बरहरु ००९१-९८११३८६६५१ र ००९१-९००५७७४७०५ मा दर्जनौँ पटक सम्र्पक भएको देखिन्छ । अनुसन्धानका क्रममा ती दुवै नम्बर संचार उद्यमी जमिम शाह हत्याका लागि काठमाण्डौमा रहेर योजना बनाएका दीपक शाहीको भएको खुल्यो ।
शाहीको नम्बरलाई आधार बनाएर अनुसन्धानमा जुटेको प्रहरी त्यतिबेला चकित पर्‍यो, जव उनका दुवै नम्बरबाट देशका उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदारले प्रयोग गर्ने ९८५१०-३३४५० नम्बरमा फैजान हत्या अघि र पछि पनि पटकपटक सम्र्पक भएको देखियो । शाहीले गच्छदारको फोनमा सातपटकसम्म कुरा गरेका छन तर गच्छदारले कलब्याक गरेको देखिन्न । शाही र गच्छदारवीच दुस्मनीका कारण पो सम्बाद भएको हो कि भनेर प्रहरीले अनुसन्धानको दायर फराकिलो बनाए पनि त्यस्तो भेटिएन् । त्यसपछि प्रहरी हार खाएर अनुसन्धानको फाइल बन्द गरेर बसेको आइतवार प्रकाशित नेपाल साप्ताहिकले छापेको छ

news and entertainment