आयो ८ वर्षिय निर्देशकको सिनेमाको ट्रेलर


८ वर्षिय बालक सौगात विष्टले निर्देशन गरेको सिनेमा ‘लभ यू बाबा’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक गरिएको ट्रेलरमा हाँसो तथा बाबुछोरीको सम्बन्धलाई देखाइएको छ। ट्रेलरको अन्त्यमा सौगातले सिनेमा ट्रेलर भन्दा पनि राम्रो बनेको र सो कुरालाई विश्वास गर्न पनि अपिल गरेका छन।
सिनेमा मङ्सिर २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आँउदैछ। सिनेमामा सौगातका बाबु गजित विष्ट तथा दिदी संगम विष्टको मुख्य भुमिका रहेको छ। उनीहरूका अलावा सिनेमामा निष्मा घिमिरे, अशिष्मा नकर्मी, निर्मल शर्मा पनि रहेका छन।
८ वर्षीय बालकले नेपाली सिनेमा निर्देशन गर्ने कुरा बजारमा आएदेखि नै सौगात चर्चामा रहेका छन। सुरूमा उनको यो कुरालाई धेरैले नपत्याए तापनि उनको सुटिङ् हेरेपछी धेरैको मुख बन्द भएको थियो।
सबै कुरा प्रक्रिया अनुसार भएमा उनले भारतका ९ वर्षीय बालक किशन श्रीशान्तले बनाएको विश्वकै सबैभन्दा कान्छो निर्देशकको ताज खोस्ने छन। किशनले उक्त सिनेमा सन् २००६ मा रिलिज भएको थियो।
हेर्नुस ट्रेलर:

,

news and entertainment