सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा सोमबार भएको निर्वाचनमा कोइराला ४ सय ५ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । कोइरालालाई कांग्रेसस“गै एमाले, राप्रपा, मालेसहितका दलहरुले मत दिएका छन् । संसदमा ५ सय ५३ सभासद उपस्थित भएकोमा १ सय ४८ ले भने विपक्षमा मतदान दिएका छन् । एकीकृत नेकपा माओवादी राप्रपा नेपालस“गै मधेसी दलहरु विपक्षमा छन् ।

,

news and entertainment