ओहायो, माघ १९ – (एजेन्सी) अमेरिकाको ओहायोमा रहेको एक क्रिस्टियन स्कूलकी पूर्व शिक्षिकालाई प्रहरीलाई झुठ बोलेको आरोपमा हिरासतमा लिइएको छ । गत वर्ष एउटा पोर्न साइटमा आफ्नो अस्लिल तस्विर आएपछि ती शिक्षिकाले पदबाट राजिनामा दिएकी थिइन् । उनले प्रहरीलाई उनको मोइबाल चोरी भएको र कसैले त्यहाँबाट उनका नग्न फोटो वेभसाइटमा राखेको बताउकी थिइन् ।
३६ वर्षीय जेमी क्लाइमको नग्न तस्विर ‘रिभेन्ज पोर्न’ नामक वेभसाइटमा आएको थियो जसलाई करिब १ लाख १० हजार जनाले हेरेका थिए । उनले सन् २०१३ को नोभेम्बर २४ का दिन उनको आइफोन फोरएस् चोरी भएको प्रहरीलाई बताएका थिए । उनले यस्तो रिपोर्ट वेभसाइटमा आफ्नो तस्विर आएको भोलीपल्टै लेखाएकी थिइन् । तर, प्रहरीले उनको फोन र इन्टरनेटको आइपी एड्रेस्को अनुसन्धान गर्दा उनले उक्त नग्न फोटो एक अपरिचित नम्बरमा पठाएको खुलेको थियो । जेमीले आफूले झुठ बोलेको स्वीकार गरिसकेकी छिन् ।
वेभसाइटमा अस्लिल तस्विर हालेपछि पूर्व शिक्षिका प्रहरीको फन्दामा
news and entertainment