यस्तो क्रुर यातना दिइन्छ उत्तर कोरियाली जेलमा...(तस्विरसहित)
उत्तर कोरियाली जेलमा भोकै राखेर कैदीहरूमाथी निकै क्रुरता गरिने समेत खुलासा भएको थियो । उक्त खुलासा एक कैदीले किम क्वांगले गरेका हुन् । उनले संयुक्त राष्ट्र संघ मानवअधिकार आयोगको सामुन्ने उनले जेलमा कैदीहरुले दिइने यातनाको सचित्र वर्णन गरेका छन् । उत्तर कोरियाको जेलमा कैदीलाई घण्टौ सम्म बाँधेर यातना दिइने गरिन्छ । जब उक्त कैदी अर्धमृत अवस्थामा पुग्छ तब अर्को कैदीलाई बाँधेर यातना दिइन्छ ।
भोकै रहेका कैदीहरूलाई घण्टौसम्म उभिरहन आदेश दिइन्छ । उनीहरूलाई मोटरसाइकल चलाउँदाको अवस्था या जहाजमा उडिरहेको अवस्थामा रहेर उभिन लगाइन्छ । जसले यस्तो गर्न सक्दैन उनीहरूको हातमा भारी वस्तु राखेर उभाइन्छ ।
जेलमा कैदीहरूलाई घुँडा टेकाएर पछाडिबाट लात्तीले हान्ने गरिन्छ । यदी उक्त कैदी सिधा भयो भने उसलाई थप लात्तो हान्ने गरिन्छ । दैनिक रूपमा खाना समेत नदिने गर्छन् कुनै कुनै कैदीलाई । यसका कारण धेरै कैदीहरू भोकमरीको शिकार हुने गर्छन् । उनीहरूले खानका लागि जिउँसो सर्प या मुसा समातेर खानुपर्ने हुन्छ ।
जेलका अधिकारीहरू कैदीलाई अर्धनग्न बनाएर कैदीहरूको हात काधमा राखेर हजारौ पटकसम्म पनि उठबस गराउने गर्छन् । यस्तो गर्दा गर्दा कुनै कैदीको ज्यान समेत जाने गर्छ । मृत कैदीहरूको शवलाई बाँधेर यस्तो ठाऊँमा राखिन्छ, जहाँ मुसाले उनीहरूको शरिर लुछेर खाने गर्छन् । उक्त शवलाई कैदीहरूलाई नै गाड्ने स्थानसम्म पुर्याउने गरिन्छ । उनीहरूलाई जबरजस्ती मृत कैदीलाई जेलका अधिकारीहरूले भनेको स्थानमा पुर्याउन लगाइन्छ र यस्तो कार्य गर्न नमान्ने कैदीहरूलाइ कहिलेकाही त गोली नै हानेर त्यही मार्ने समेत गरिन्छ ।
केहि कैदीहरूलाई पिजँडामा राखिन्छ र उनीहरूलाई खानका लागि केही पनि दिइदैन । उनीहरू नजिकै आएका जिउँदा मुसाहरू समातेर खाएर आफ्नो जीवन जोगाउने गर्छ ।
