बामदेबलाई गृहमन्त्री बनाउने ? भन्दै राष्ट्रपतिले सिटौलालाई हप्काए
१४ फागुन, काठमाण्डौ । बामदेव गृहमन्त्री नबनुन् भन्नेमा राष्ट्रपति रामबरण यादवको पनि रुची रहेछ ।
सोही बमोजिम उनले वार्तामा संलग्न कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलालाई शीतलनिवास बोलाएर ‘त्यो बामदेवलाई गृहमन्त्री बनाउने ? राष्ट्रपतिको चुनावका निम्ति एमालेसँग सम्झौता गर्ने ? लौ कसरी उसलाई गृहमन्त्री बनाउँछस ? बनाएर देखा’ भन्दै आमाचकारी गाली गलौज गरेका छन् ।
बामदेव लडेको बर्दिया र प्युठानसँग धनुषाको केही साइनो सम्बन्ध नभएपनि रघुवीर बामदेवका पुराना सुखदुःखका साथी । साथीले चुनाव हारेकोमा दुःख लाग्ने नै भयो । त्यही दुःख पोखेका थिए बामेदवले काँग्रेसी नेताहरुसँग ।
आफुमाथि धाँधली गरेको अरोप लगाउने बामेदवलाई कुनै हालतमा गृहमन्त्री दिनुहुन्न भनेर राष्ट्रपति यादवले आफ्नो पदको मर्यादा बिर्सेर सिटौलालाई तथानाम गाली गरेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।
सुशीलले भने– भारत खेल्यो, एमालेलाई दिऊँ
प्रधानमन्त्री बनेको दुई सातासम्म गृह मन्त्रालय एमालेलाई दिने बिषयमा गलफत्ति गरेर बसेका प्रधानमन्त्री सुशील कोइरालाले यसो हुनुको दोष भने भारतलाई दिएका छन् ।
सिटौला र अमरेस सिंहलाई छलेर बालुवाटारमा बोलाइएको वैठकमा शेखर, संशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, आनन्द ढुंगाना लगायतका नेताहरु सहभागी थिए ।
‘उता(भारत)ले खेल्यो, यताकाले नी च्यापे, भो एमालेलाई गृह दिऊँ’ भन्ने सुशीलको प्रस्ताव भुइँमा खस्न नपाउँदै प्रकाशमान च्याँठिए–‘तलाईं गृहमन्त्री नदिने भएँ भनेर मलाई नै सिधै भने भइहाल्न नी सुशीलदाले ।’
पहिल्यैबाट उताकाले भित्रभित्रै खेलेर एमालेसँग गृहमन्त्रालयका बिषउयमा बिबाद बढाएको र आफुलाई मन्त्रिपरिषद् विस्तार पनि गर्न नसक्ने निकम्मा सावित गरेको निष्कर्ष निकाल्दै कोइरालाले भने–‘अब बिबाद नगरौं,ओलीको मै गएर फाइनल गरौं ।’ बैठकमा प्रकाशमानले ‘अलिकति लगाउने हो कि ?’ भनी पेयतिर सँकेत गर्दा सुशीलले हैन, हैन पहिले एमालेसँग कुरा मिलाउनुपर्छ भनेको जनआस्थाले छापेको छ ।
यही वैठकपछि एमालेसँग गृहका बिषयमा सहमति बनेर मंगलबार मन्त्रिपरिषद् विस्तार भयो र बामदेव गृहमन्त्री बने ।

