राहुल गान्धीसँग विवाहको प्रस्ताव राखिन्::राखी सावन्तले
१४ दिल्ली,एजेन्सी ।भिन्न कर्तुत गरेर चर्चामा आउने बलिउड आइटम गर्ल राखी सावन्तले कांग्रेश नेता राहुल गान्धीसँग विवाहको प्रस्ताव राखेकी छिन् ।
राहुलले भने राखीको प्रस्तावलाई कुनै प्रतिक्रिया दिएका छैनन् ।
एक दिन अघि सम्म भारतीय जनता पार्टीका प्रधान्मन्त्रीका उम्मेदवार नरेन्द्र मोदीको समर्थन गरिरहेकी राखीले एका एक कांग्रेशको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार भनिएका राहूललाई पति बनाउने इच्छा प्रकट गरेकी हुन् ।
भोजपुरी चलचित्र कट्टा तनल दोपट्टाको प्रमोसनका लागि विहारको हाजीपुर पुगेकी आइटम गर्ल राखीले आफूले विवाह गर्नका लागि राहुलको प्रतिक्षा गरिरहेको बताएकी हुन् ।
राहुल तयार भए आफू विवाह गर्न तयार रहेको उनको भनाइ छ ।
यद्यपी राखीले एक दिन अघि मात्र नरेन्द्र मोदीलाई देशको प्रधानमन्त्री बनाउन माग गरेकी थिइन् ।

