गुण्डागर्दी र दादागिरी नियन्त्रण गर्ने वामदेवको निर्देशन
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सपथ लिएर मन्त्रालयमा पदभार ग्रहण गरे लगत्तै वामदेब गौतमले ५ बुँदे निर्देशन दिदै सपथ गुण्डागर्दी र दादागिरीलाई कानुन वमोजिम नियन्त्रण गर्न निर्देशन दिनुभएको छ।
पाँच बुँदे निर्देशनमा गौतमले गुण्डागर्दी र दादागिरीलाई कानुन वमोजिम नियन्त्रण गर्नको लागि बिशेष अभियान सञ्चालन गरि सर्वसाधारणलाई शान्ति सुरक्षा र अमनचयनको पूर्ण प्रत्याभुति प्रदान गर्न निर्देशन दिनुभएको छ।
यसैगरि गौतमले राजधानीका विभिन्न सार्वजनिक स्थानमा अवैधानिक ढंगले बसोबास गरिरहेका व्यक्ति तथा परिवारको पहिचान गरि वैकल्पिक बसोबासको व्यवस्था मिलाई यस्ता स्थान सार्वजनिक हीतमा उपयोग गर्न निर्दे्शन दिनुभएको छ।
राजधानी भित्रका फुटपाथ कब्जा गरि व्यापार व्यवसाय गरिरहेका व्यापारिहरुलाई अन्यत्र व्यवस्थापन गर्दै सडक यातायातलाई व्यवस्थित गर्न समेत उपप्रधानमन्त्री गौतमले निर्देशन दनुभएको छ।
भ्रष्टाचारजन्य कार्यमा शून्य सहनशिलता अपनाई जनतामा प्रवाह गरिने सेवालाई भरपर्दो गुणस्तरीय र प्रभावकारी बनाउन आफ्नो मातहतका सम्पूर्ण निकायहरुलाई नेतृत्वदायी भुमिका निर्वाह गर्न निर्देशन दिदै उहाँले सुसासन कायम गर्दै एक बर्ष भित्रमा जनअपेक्षा मुताविकको संविधान जारी गर्न वातावरण निर्माणको लागि समेत गृह मन्त्रालय मातहतका सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो।
/www.hamrakura.com

