महिला नेत्रीहरूद्धारा रेग्मीको कार्यक्रम बहिस्कार
निर्वाचन कानूनमा समानुपातिक व्यबस्था गर्नुपर्ने मागगर्दै दिउँसो ३ बजे भेट्ने कार्यक्रम रहेपनि जनआन्दोलनका अपराधीलाई पुरस्कृत गरेको भन्दै महिलाले रेग्मीको कार्यक्रम बहिस्कार गर्ने बताएका हुन् । विघठित संविधानसभाका पूर्व सभासदको तर्फबाट रेग्मीलाई भेट्न जान लागिएपनि रेग्मीलाई भेटनेबारे विबाद भएको हो ।
नेपाली काग्रेसकी नेतृ सुप्रभा घिमिरे, सिता गुरूङ, कल्याणी रिजाल लगायतले रेग्मीलाई बहिस्कार गर्नुपर्ने बताएपछि रेग्मीलाई बहिस्कारको निर्णय गरिएको हो । महिला नेत्रीहरूले दिउँसो ४ बजे निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीलाई भेट्दै छन्
