दिलशोभाले भनिन् – यौन दुराचारको प्रमाण चाहियो ?

१४ फागुन, काठमाडौँ । ‘आमा घर’की सञ्चालिका दिलशोभा श्रेष्ठले आफूले संरक्षण गरेका बालबालिकालाई यौन चुराचार सम्बन्धि कुनै पनि काममा नलगाएको दावी गरेकी छिन् । उनले आफूले यौन दुराचार गरेकोबारे प्रमाण दिन चुनौति समेत दिएकी छिन् ।


रविभवनस्थित ‘आमाघर’ मा बुधवार पत्रकार सम्मेलन गरी उनले भनिन्,’यौन दुराचार भनेको के हो ? मलाई यसको प्रमाण चाहियो ? लेख्ने मान्छेले यसको मलाई प्रमाण जुटाई दिनुपर्छ ।’  श्रेष्ठले आफ्नो संरक्षणमा रहेका ३० जना बालबालिका लगेकोमा दुःख नलागेको वताइन् । उनले भनिन्,’मैलेभन्दा राम्रोसंग पाल्छु र राम्रोसँग पढाउँछु भनेर यहाँवाट लगेका छन् । यसमा मलाई कुनै दुःख लागेको छैन । तर, म माथि यौन दुराचारको आरोप लगाएकोमा दुःख लागेको छ । ‘
उनले ८९ वर्षीया बृद्धा राधिका मानन्धर क्यान्सरको रोगी भएको र उनले आफूसँग बस्ने मान्छे चाहियो भनेकाले ‘आमाघर’मा खाना पकाउने काम गर्ने धर्मकुमारी थापालाई गत माघ १६ बाट मासिक १५ सय रुपैयाँ दिने गरी पठाएको स्पष्ट पारिन् ।
उनले भनिन्,’उनी विरामी बृद्धा मानन्धरलाई साथी चाहिएकाले थापा गएकी हुन् । त्यो पठाउने क्रममा टेलिफोनमा कुराकानी भएको हो । त्यो कुराकानी चाहीँ यही घरमा काम गर्ने दुईजना अप्सरा गुरुङ र संगीता तामाङले टेप गरेर दिएको हुनसक्छ । ‘
श्रेष्ठले धर्मकुमारी आफ्ना छोरी पढाउनका लागि पैसा कमाउनका लागि गएको समेत स्पष्ट पारिन् । उनले भनिन्,’ मेरो करबलमा उनलाई काम गर्न पठाइएको भन्ने सत्य होइन । त्यसै मेरो बेइज्जत गराउँन पाइँदैन । मलाई यौन दुराचारको प्रमाण दिनु पर्‍यो लेख्ने मान्छेले ? ‘

,

news and entertainment