गायिका पुरी भन्छिन्–‘सेक्स प्रस्ताव राख्ने कसको आँट ? ’

मोरङको राजघाटमा जन्मिएकी गायिका योजना पुरी सांगितिक क्षेत्रमै जिवन बिताउने सोचमा रहेकी छिन् ।
पिता गोपीलाल र माता रजनी पुरीको कोखबाट जन्मिएकी पुरीको अरनिको उच्च् माबि राजघाटबाट माध्यमिक तहको अध्ययन पुरा गरेकी पुरीले उर्लाबारी बहुमुखी क्याम्पसमा उच्च तहको अध्ययन सकेकी थिइन् । उनको दोश्रो एल्बम मनै त हो का गितहरु अहिले बजारमा निकै चर्चित भईरहेका छन् । यसै बिषयमा सञ्चारकर्मी समेत रहेकी गायिका पुरीसँग सहकर्मी सुमन घिमिरेले गरेको कुराकानी –

१. सांगितिक क्षेत्रमा प्रबेश गरेको कति भयो ?

– ६ बर्ष बितिसक्यो, राम्रै छ अहिलेसम्म सांगितिक क्षेत्रमा टिकिरहने कोसिस गरिहरको छु ।

२. तपाईको दोश्रो एल्बम मनै त हो त श्रोतामाझ निकै लोकप्रिय हुँदै गएको छ नि ?

– होनी मेरो मेहनतलाई माया गर्दिनु भा छ अझै र राम्रा गित गर्ने जोश जागर बढ्या छ ।

३.तेश्रो एलब्मको तयारी के छ ?

– अहिले कलेकसन र एल्बम प्रमोशनमा ब्यस्त छु ।

४. सानोमा कस्तो हुनहुन्थ्यो तपाई ?

– एक दम चकचके जे नगर भन्यो त्यहि गर्ने मान्छे ।

५.गायिका नबनेको भए के बन्ने थे जस्तो लाग्छ ?

– सायद नर्स या बैकर ।

६. तपाई त सञ्चारकर्मी पनि हुनहुन्छ , कस्तो हुँदैछ काम ?

– रमाइलो स्रोताको माया पाएकी छु

७.तपाईको परिवारमा को–को हुनुहुनछ ?

बुबा ममी, २ भाइ र मेरा ३ ओटी बैनी ।


८. जिबनसाथी कस्तो होस् जस्तो लाग्छ ?

– खै ,भाग्यमा भनेको जस्तो हुँन्न रे ।

–
९. के छ मंसिर त गयो, माघ लाग्दैछ, योजनाको जिबनसाथी बनाउने योजना छ कि छैन ?

– जीबन साथीको योजना छैन तर भए पछि सबैलाइ भन्छु ।

१०. मनपर्ने पुरुष, जो सँग चै डेटिङ जान पाए हुन्थ्यो जस्तो लाग्छ ?

– मलाई बाराक ओवामा सगँ डेटमा जान मन लागेको छ ।


११. कसैले तपाईलाई सेक्सको प्रस्ताब राख्यो भने के जवाफ दिनुहुन्छ ?

– को हो किन राख्यो भनेर सोच्थे । तर कसले आट गर्ला ?

१२.अन्त्यमा ?

– मेरो कुरा राख्ने मौका दिनु भएकोमा धन्यावाद । मलाइ माया गर्ने सबैलाई धन्याबाद ।

news and entertainment