पीएको नाम जोडेर छबी बिगारेको भन्दै शुसिल कोइरालाले खरेललाई सरुवा अडर

काठमाडौ-रमेश खरेलको मनपर्ने सुचिमा नपरेका वरिष्ठ प्रहरी अधिकारी र उनको कार्यशैलीवाट चिढिएका सत्ताधारी दलका समर्थक  उनी विरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । उनीहरुले खरेलले सञ्चारमाध्यममा दिएको प्रतिकृयालाई हतियार बनाएर अनुशासनहिनता देखाएको भन्दै उनीमाथी कारवाहीकै माग गर्न थालेका छन् ।

खरेलले न्यूज२४ च्यानलसँगको अन्तर्बार्तामा राम्रा डिआइजी भन्दै राजेन्द्रसिंह भन्डारी, सुरेन्द्रबहादुर शाह र विज्ञानराज शर्माको नाम लिएका थिए । उनलाई मन पर्ने सूचीमा अटाउन नसकेका डिआइजीले त्यसमा आपत्ति जनाउँदै खरेल संगठनको नीति बाहिर जाँदा समेत मौन बसेको भन्दै आइजीपी उपेन्द्रकान्त अयौलविरुद्ध खनिए ।

सोमबार बसेको नियमित बैठकमा डिआइजी केदार साउद,गणेश राई, रमेशसेखर बज्राचार्य, राजेन्द्रसिंह भन्डारी,सुरेन्द्रबहादुर शाह,नारायण वस्ताकोटी लगायतका थिए । आइजीपीले समेत यो राम्रो, त्यो नराम्रो नभनेको अवस्थामा खरेलले आफु भन्दा माथिल्लोतहका अधिकारीको मुल्यांकन गर्ने अधिकार कहाँवाट पाए भन्दै उनीहरु खनिएका थिए ।

शुक्रबार साप्ताहिकसंगको कुराकानीमा खरेलले मनपर्ने नेतामा सुशील कोइराला, गगन थापा, रबीन्द अधिकारी र कमल थापाको नाम लिएकोमा समेत केही डिआइजीले आपत्ति जनाएका थिए । संगठनको सदस्य राजनीतिमा निरपेक्ष हुनुपर्नेमा खुल्ला रुपमा राजनीतिक टिप्पणी गर्दा समेत संगठन मौन बसेको उनीहरुको तर्क थियो।

बैठकमा संलग्न केही डिआइजी एकोहोरो खरेलविरुद्ध खनिएपछि आइजिपि अर्यालले संगठनको मिडिया नीतिमा बसेर बोल्न सचेत गराएको जानकारी दिएका थिए ।

सुशिल पनि रिसाए

स्रोतका अनुसार गुन्डासँग आफ्नो पिएको नाम जोडेर बदनाम गराएको भन्दै प्रधानमन्त्री सुशील कोइरालाले समेत खरेललाइ काठमाडाैबाट सरुवाको प्रयास गरे पनि मुख्यसचिब लीलामणि  पौडेललले भर्खरै काठमाडौं आएकाले तत्काल सरुवा गर्दा गलत शन्देस जाने सुझाव दिएपछि कोइराला तत्कालका लागी उनलाई काठमाडौंमै काम गर्न दिन सहमत भएका छन् ।

खरेललाई भेट्न जाँदा पक्राउ परेका बलराम सापकोटा बलेलाई छोड्न प्रधानमन्त्रीका पिए लक्ष्मण ढकालले खरेललाई फोन गरेको सूचना बाहिरिएपछि सुशिल खरेलसँग रिसाएका थिए। गृहमन्त्रालयबारे एमालेसँग विवाद भएको बेला सूचना लिकहुँदा आफ्नो नकारात्मक छवी बनेको भन्दै उनले  मुख्यसचिब पौडेलललाई खरेललाई काठमाडौंवाट हटाउन पहल गर्न निर्देशन दिएका थिए। खरेललाई चलाउँदा जनआक्रोश बढ्ने पौडेलको तर्कपछि भने कोइराला शान्त भएको स्रोतले दावी गरेको छ।

तस्विर :  शुक्रवार साप्ताहिक

,

news and entertainment