बेलायतमा हराइरहेका नेपाली युवा मृत फेला
१३ फागुन, लण्डन । दुई महिना अघिदेखि बेलायतमा हराइरहेका एक नेपाली युवाको शव फेला परेको छ । बेलायतको डर्बीस्थित नरम्यान्टनमा बाबुआमासंग बसोबास गर्दै आइरहेका २० वर्षका नदिश कुवँरको शव एक रेलवे पुलको मुनि खोलामा भेटिएको हो ।
जनवरी ३१ तारिखको साँझ नाइट आउटका लागि भन्दै घरबाट हिडेका नदिश पछिल्लोपटक त्यसरात डर्बीकै जुरी इन होटलमा साथीहरुसंग देखिएका थिए । त्यसपछि वेपत्ता उनको खोजीमा लागेको युके प्रहरीको विशेष कार्यदलले शनीबार साँझ उनको शब फेला पारेको थियो ।
प्रहरीले त्यसलगत्तै नदिशका बाबुआमालाई खबर गरेको थियो र सोमबार मात्र त्यो शव नदिशकै भएको पुष्टि गरेको हो । तर नदिशको मृत्युको कारण भने प्रहरीले बताएको छैन् । नदिशको शव पोष्टमार्टका लागि अस्पतालमै राखिएको नदिशका बाबुसँगै काम गर्ने बसन्त थपाले जानकारी दिए ।
घरपरिवार र साथीभाइमाझ हसिलो र मिलनसार छवि बनाएका नदिश मिडियासम्बन्धी अध्ययनका लागि विश्वविद्यालय भर्ना हुने तयारी गरिरहेका थिए ।

