सहसचिव घूस लिंदालिंदै पक्राउ
भ्रष्टाचारबिरुद्ध कडा कदम चाल्दै विभिन्न सरकारी निकायमा निगरानी बढाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एक सहसचिवलाई घूस लिंदालिंदा पक्राउ गरेको छ ।
समाचार अनुसार उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी, भक्तपुरका सम्बन्धन महाशाखा प्रमुख सहसचिव देवीप्रसाद बाराकोटी घूस लिंदालिंदै पक्राउ परेका हुन् ।
धनुषा जिल्ला अन्तर्गत ढिल्लाबसेलास्थित सरस्वती माध्यमिक विद्यालयको स्तरवृद्धि गरी ११ र १२ कक्षा सञ्चालनका लागि सम्बन्धन दिनेक्रममा ४० हजार रुपैयाँ लिंदालिंदै बाराकोटी पक्राउ परेको अख्तियार प्रवक्ता श्रीधर सापकोटाले बताउनुभएको छ ।
सापकोटाका अनुसार बाराकोटीलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ ।