एकाबिहानै २० लाख लुटियो

झापाको मेचीनगरमा एक मनिचेन्जर सञ्चालकको शुक्रबार बिहान ५.३० बजे रु २० लाख लुटिएको छ । पूर्वी नाका हुँदै भारत जाने नेपालीहरुको चहलपहल विहानैदेखि हुने हुँदा कारोबार पनि विहानैबाट हुने गरेको छ ।


मेचीनगर–१० बस्ने चन्द्र सिटौला सोही वडास्थित आफ्नो घरबाट पाँच मिनेटको दूरीमा रहेको आफ्नो पसलमा आउनेक्रममा घरबाट निस्कनासाथ दुई युवकले पेस्तोल तेस्र्याएर उहाँको साथमा रहेको रकमसहितको झोला खोसेर फरार भएको पीडितले जानकारी गराउनुभएको छ ।
भारतीय र नेपाली नोट रहेको उक्त झोला लुटिनेको अनुहार राम्रोसँग देख्न नसके पनि एक जना गोरो र एक जना कालो अनुहारको व्यक्ति रहेको र उनीहरूको आवाज पहिचान गर्न सकिएको पीडित सिटौलाले बताउनुभयो ।
यस विषयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा सम्पर्क गर्दा त्यस्ता दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेकाले तत्काल केही बताउन नसकिने जानकारी गराएको छ ।
घटनाको विरोधमा काकरभिट्टाका सम्पूर्ण मनिचेन्जर बन्द भएका छन् ।

,

news and entertainment