दात जचाउदा छाति मालिस गर्ने देन्टिस्ट पक्राउ

जापानको माइ प्रसासनिक क्षेत्रमा आफ्नो दातको उपचारको लागि गएकी एक महिलाको देन्टिस्टले छाती मालिस गरेपछि उक्त  देन्टिस्टलाइ प्रहरीले पक्राउ गरेको छ |  देन्टिस्टले छातीको मसाज गर्दा नमिलेको दात मिल्ने भन्दै उक्त युवतीको छातीमा मालिस गरेको बताइएको छ |

केमेयाना सहरमा रहेको एक क्लिनिकमा गत बर्षको अक्टोबर २९ मा एक ३० बर्ष नकाटेकी युवती आफ्नो दातको सामान्य परिक्षणको लागि गएकी थिइन | त्यस क्लिनिकमा रहेका ५३ बर्षिया  देन्टिस्टले उनको नमिलेको दात देखे पछि ” तपाइको छातिको मांस्पेशीहरु निकै कशिलो रहेको , आफुले ति मांस्पेशीहरुलाइ  मसाज गर्नु पर्छ ” भन्दै त्यस युवतीलाइ संगै जोडिएको कोठामा लागि मसाज गरेको बताइएको छ | दात जचाउन गएकी युवतीलाइ  देन्टिस्टको त्यस क्रियाकलाप प्रति संका भए पछि पछि घरमा गइ आफ्नो परिवार संग कुरा गरेकी थिइन |
परिवारसंगको कुराकानी पछि परिवारका सदस्यहरुले नै सम्बन्धित अधिकारिहरु संग सम्पर्क गरेका थिए | जस्पचात यो बर्षको फेब्रुअरी ४ तारिखको दिन त्यस दातको उपचारका लागि छाती मालिस गर्ने अनौठो देन्टिस्टलाइ दुर्ब्यबहारको अभियोगमा पक्राउ गरिएको छ |
स्रोत : एजेन्सी

, , , ,

news and entertainment