ताला लगाइएको घर भित्र यसरि तीन जनाको शव भेटियो

संखुवासभा, माघ २४ - ताला लगाएइएको घर भित्र तीन जनाको शव भेटिएको छ । पाथीभरा-१ एकुवाकी ३३ वर्षीया कालीमाया शेर्पा, उनकी ५ वर्षीया छोरी निमल्छनु शेपा र ११ बषिर्या भदैनी निकिपा शेर्पाको हत्या गरिएको अवस्थामा शव घर भित्र भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक पवनकुमार गिरीले बाहिरबाट ताल लगाइएको घर भित्र भेटिएको मृतक तीन जनाको शरिरको विभिन्न भागमा कुटपिट गरेको र धारिलो हतियारले काटिएको दाग भेटिएको छ । एक साता अघि नै तीनै जनाको हत्या गरिएको अनुमान प्रहरीको छ ।
घट्ना भएको घर गाउँ भन्दा केहि पर एकान्तमा रहेकाले हत्या कहिले भएको हो भन्ने कुरा पत्ता लागेको छैन । घरमा बाँधिएको चौपायाले खान नपाएपछि गाउँलेले उनीहरुलाई खोजतलास गरेका थिए । घरभित्रबाट गन्ध आएकोले गाउँलले शुक्रबार हेर्दा तीनै जनालाई मृत अवस्थामा भेटेका हुन् ।
४ छोरीकी आमा रहेकी कालीमायाकी २ छोरी पढाईका लागि मोरङमा रहेको र एक छोरी खाँदबारीमा मामाघरमा बस्दै आएकी छिन् । उनीसँगै रहेकी माइली छोरी र भाइ जीतबहादुर शेर्पाको छोरीको हत्या भएको हो । खुकुरी प्रहार गरी कान समेत काटेर मृतकसँग भएको ५ तोला समेत लुटिएको प्रहरीले जनाएको छ ।
मृतक कालीमायाको श्रीमान एक बर्ष अगाडी मलेसिया रोजगारकालागि गएका र घरमा तीन जनामात्र बस्दै आएका थिए ।
सदरमुकाम खाँदवारीबाट दुई दिनको पैदल दुरीमा रहेको घट्नास्थलमा प्रहरी निरिक्षक यमनाथ अधिकारीको नेतृत्वमा टोली पुगेर अनुसन्धान थालेको छ ।
श्रोत http://www.ekantipur.com/np/2070/10/24/full-story/383813.html

, ,

news and entertainment