मन्त्रिमण्डललाई पूर्णता दिने तयारी
नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुलेले दुई दलले मन्त्रालयको भागबण्डाको टुंगो लगाई साँझसम्म मन्त्रीहरुको सपथ ग्रहण गराउनेबारे छलफल गर्ने बताए।
मन्त्रालय बाँडफाँडको विषयमा आइतबार कांग्रेस र एमालेका नेताहरुबीच भएको बैठक विना कुनै निस्कर्ष टुंगिएपछि सोमबार फेरि बैठक बस्न लागेको हो।
सोमबारको वैठक निश्कर्षमा पुग्ने कांग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले बताए।
भागबण्डा
“मन्त्रालयको भागबण्डा, मन्त्रीहरुको नामावाली, कार्यभार सम्हाल्ने र सपथग्रहण गर्नेबारे कुरा गरेर काम शुरु गर्ने प्रक्रिया शुरु भइ हालोस् भनेर वैठक बस्ने हो।”
"मन्त्रालयको भागबण्डा, मन्त्रीहरुको नामावाली, कार्यभार सम्हाल्ने र सपथग्रहण गर्नेबारे कुरा गरेर काम शुरु गर्ने प्रक्रिया शुरु भइ हालोस् भनेर वैठक बस्ने हो"
दिलेन्द्रप्रसाद बडु, प्रवक्ता, नेपाली कांग्रेस
दुई दलबीच आइतबारको वैठकमा सहभागी नेकपा एमालेका नेता अग्नी खरेलले मन्त्रालयको भागबन्डा प्याकेजमा हुने बताए।
“विकास र सेवा संग सम्वन्धित मन्त्रालयहरुलाई प्याकेजमा राखेर छलफल गर्छौ कुन मन्त्रालय कुन दललाई दिने भन्नेबारे टुंगो लगाउनु पर्ने छ।”
वैठकले सोमाबार नै सरकारको साझा न्युनतम कार्यक्रमबारे पनि टुङ्गो लगाउने दुवै दलका नेताहरुले बताएका छन्।

