सर्पले टोकेपछिको अन्तिम समय बियर पिएर बिताउने निर्णय

एक सर्पले टोके पछि अस्ट्रेलियामा एक मानिसले आफ्नो जीवनको अन्तिम समय आएको भन्दै आफ्नो फ्रिजबाट बियर झिकेर पिएका छन् । सनिबार संचार मध्यमबाट प्राप्त जानकारी अनुसार ५४ बर्षिया रोड सोम्मर्भिललाइ गत महिना अस्ट्रेलियाको दोस्रो बिषालु सर्पले टोकेको थियो ।सर्पको टोकाई पछी अस्पताल पुगेका रोड

बगैचामा काम गरिरहेको बेला साढे २ फिट लामो सर्पले तोके पछि सोम्मर्भिलले एब्बुलेंसलाइ खबर गरि आफ्नी जीवनको अन्तिम क्षण हुन सक्ने भन्दै आफ्नो फ्रिजबाट बियर निकालेर पिउने थालेका थिए । संगै सुतेको छोरालाइ यस कुराको बारेमा बताएमा छोरा आत्तिएर कुरा अझ बिग्रिन सक्ने भन्दै सोम्मर्भिल यस बारेमा छोरालाइ जानकारी दिन चाहेनन् ।

त्यस पश्चात सोम्मर्भिल तुरुन्तै येफोन अस्पताल लागिएको थियो । जहाँबाट उनलाई बिष प्रतिरोध खोपको लागि रकह्याम्प्तन लागिएको थियो । सर्पको बिषले सोम्मर्भिलको मृगौलामा समेत असर गरेकोले सोम्मरभिल अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन् ।

स्रोत : एजेन्सी

, ,

news and entertainment