जस्टिन बिबर र गायिका/नायिका सेलेना गोमेजको फेरि प्याच अप !

काठमाडौ, फाल्गुन २६ - फ्यानहरूका लागि खुसीको कुरा हुन सक्छ, गायक जस्टिन बिबर र गायिका/नायिका सेलेना गोमेजको प्याच अपको खबर । कुनै बेला एकछिन छुट्टनि नसक्ने उनीहरू करिब डेढ वर्षयता अगल छन् । अलग भएपछि एकअर्काप्रति छेडछाड र आरोप-प्रत्यारोपमा नउत्रिएको जोडी फेरि सँगै भेटिएको छ ।
ओस्कार अवार्डपछि जस्टिनले पूर्वप्रेमिका सेलेactressनाको तस्बिर ट्वीट गर्दै 'संसारकै सबैभन्दा राम्री राजकुमारी' भनेर लेखेपछि नै प्याच अपको गाइँगुइँ बाक्लिएको छ । सन्देह वास्तविकतामा बदलिन बेर नलाग्ला जस्तो देखिएको छ ।
जस्टिन-सेलेना गत शुक्रबार टेक्सासमा डान्स सेसनमा उपस्थित भए, बे्रकफास्टमा पनि सँगै देखिए । टेक्सासमा शनिबार हुने कन्सर्टका लागि पुगेकी सेलेना अघिल्लो दिन कोरियोग्राफरसँग डान्स सेसनमा थिइन् । त्यहाँ जस्टिन पनि थिए । 'कम एन्ड गेट इट' गायिका सेलेनाले जस्टिनसँग त्यहाँ दुई घन्टाजति बिताएकी थिइन् । उच्च सतर्कता रहेको उक्त हलका झ्याल र ढोकामा भित्र नदेखिने गरी बाक्लो प्लास्टिक लगाइएको थियो । डान्स सेन्टरका मालिकले पनि सेलेना र जस्टिनबीचको त्यहाँको हिमचिम बढी नै देखिएको बताए ।
केही मिडियाले जस्टिन र सेलेना एकसाथ सार्वजनिक स्थलमा हिँड्दै गरेको धमिलो तस्बिरलाई जोडतोडसाथ स्थान दिइरहेका छन् । सन् २०१० देखि डेटिङ थालेको जोडीको यो पहिलो ब्रेकअप भने थिएन ।
यसअघि पनि यो जोडी दुई वर्षको सम्बन्धलाई २०१२ को नोभेम्बरमा टुंग्याउन सहमत भएको थियो । तर केही महिनापछि नै फेरि सम्बन्धलाई अघि बढाउन उनीहरू राजी भएका थिए । घरी जोडिने घरी तोडिने विगत भएका उनीहरू टेक्सासमा चुम्बन र अंकमालपछि रेस्टुराँतिर गएका थिए, बे्रकफास्टका लागि । रेस्टुरेन्ट मालिकका अनुसार, उनीहरूले त्यहाँ खुलेर समय बिताएका थिए । फोटो खिच्न भने मानेनन् । त्यसो त सोही रेस्टुराँबाट सेलेनाले आफ्नो मात्रै फोटोलाई इन्स्टाग्राममा सेयर गरेकी थिइन् । तस्बिरमा नदेखिएका सँगैका जस्टिनबारे भने उल्लेख गरेकी थिइनन् ।

, , ,

news and entertainment