अमिर खानको फिल्म रिलिजलाई लिएर बलिउड तनावमा
एजेन्सी। २०१४ सालको डिसेम्बरको अन्तिम साता अथवा क्रिसमसमा बलिउडमा धमाका हुन सक्नेछ। यस दिन दुई ठूला फिल्म एक साथ रिलिज हुने छन्। अमिर खान र राजु हिरानीको फिल्म ‘पीके’ बक्स अफिसमा टक्कर दिने छ भने त्यसै दिन अनुराग कश्यपले पनि आफ्नो सपना बोकेको फिल्म ‘बम्बै वेल्वेट’ एकै दिन रिलिज गर्ने भएका छन। यहि कुरालाई लिएर अमिर खान र राजुसँग अनुराग कश्यप आक्रोशित भएको स्रोतले जनाएको छ।
स्रोत अनुसार अनुरागले पहिले नै फिल्म रिलीजको लागि
२५ डिसेम्वरको मिति निश्चित गरिसकेका थिए, जब उनलाई थाहा भयो कि राजू र अमिर पनि आफ्नो फिल्म ‘पीके’ यहि मितिमा नै रिलिज गर्ने सोचो बनाएकोले उनि रसाएका हुन।
२५ डिसेम्वरको मिति निश्चित गरिसकेका थिए, जब उनलाई थाहा भयो कि राजू र अमिर पनि आफ्नो फिल्म ‘पीके’ यहि मितिमा नै रिलिज गर्ने सोचो बनाएकोले उनि रसाएका हुन।
अनुरागले तुरुन्त राजूलाई फोन गरेर ‘पीकेको मिति सार्न अनुरोध गरेता पनि राजूले नसार्ने हट गरेपछि यस विषय बाहिर आएको हो।उता अमिर खानले ट्वीट गरेर भनेका छन् कि ‘पीके’ ६ जूनमा नभएर २५ डिसेम्बरमा रिलिज हुदैछ।
चलचित्र विश्लेषका अनुसार दुवै निर्माता एकदमै सक्षम छन र फिल्म पनि राम्रो बन्ने छ तर एकै दिनमा दुईटा मेगा मुभि रिलिज गरिएका फिल्मले दिने नाफामा धेरै असर पर्ने बताउदछन।
