सभासद भट्टराई निलम्वनमा
४ चैत,काठमाडौ।संविधानसभा अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सभासद् कान्ता भट्टराईलाई संविधानसभा सदस्यका हैसियतले कुनै पनि काम–कारबाही नगर्न र नगराउन अन्तरकालीन आदेश जारी गरेको छ ।
न्यायाधीशहरू कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले अन्तरकालीन आदेश जारी गर्दै भट्टराईको पद तत्कालका लागि निलम्बन हुने आदेश गरेको हो ।
अदालतले राप्रपा नेपालका अन्य २३ सभासद्को पदसमेत निलम्बन गर्नुपर्ने उजुरीमा भने अन्तरकालीन आदेश जारी गर्नुपर्ने ठहर गरेको छ ।
यसअघि अदालतकै आदेशले एमाओवादी सभासद् अशोककुमार मण्डलको सदस्य पद पनि निलम्बनमा परेको थियो । राप्रपा नेपालको समानुपातिक सदस्य छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका सभासद्का उम्मेदवार बालकृष्ण न्यौपानेले अदालतमा उजुरी दर्ता गरेका थिए ।
