नेपालमा पनि बाइक रेस को भए प्रथम हेर्नुहोस !

१९ फागुन, काठमाडौं । नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको काठमाडौं-नुवाकोट मोटरसाइकल रेसमा सुविना डंगोल र अनिरुद्र नकर्मीको जोडी प्रथम भएको छ ।Motercycle-Resh
ललितपुरको सातदोबाटोबाट सुरु भएको रेस ८९ किलोमिटर दुरी पार गर्दै नुवाकोटको बट्टारमा पुगेर सुविना र अनिरुद्रको जोडी विजयी हुन सफल भएको हो । एक्स्प्लोर हिमालयन समूहले नेपाल अटोमोबाइल स्पोर्ट्स एशोसियसन (नासा) सँग मिलेर यहि १७ गते मोटरसाइकल रेस आयोजना गरेको थियो । नुवाकोटको बट्टारमा १४ गतेदेखि जारी ‘नुवाकोट महोत्सव’मा रेस मूख्य आकर्षण भएको छ ।
प्रथम हुने जोडीले ट्रफिसहित दुई जनाको लागी एयर एसियाको काठमाडौं-मलेसिया-काठमाडौ हवाई टिकट पुरस्कार स्वरुप प्राप्त गरेका छन् । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने सुमित श्रेष्ठले नेपाल एयरलाएन्सको काठमाडौं-बैंकक-काठमाडौ हवाई टिकटसहित ट्रफि प्राप्त गरेका छन् ।
रेसको तृतीय स्थानमा पियुस गजुरेल र साजन थापाको जोडी आएको छ । उनीहरुले ट्रफिसहित बुद्ध एयरको माउन्टेन फ्लाईट टिकट प्राप्त गरेका छन् । विजयी खेलाडीलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष सुरज वैध, नेपाल अटोमोवाइल एसोसिएसनका (नासा) महासचिब गोबिन्द भट्टराई तथा प्यासिफिक एशिया ट्राभल एशोसिएसन नेपाल च्याप्टरका अध्यक्ष तथा पर्यटन व्यवसायी सुमन पाण्डेले पुरस्कार प्रदान गरेका थिए । Motercycle-Resh-2
एक्स्प्लोर हिमालय ग्रुप अन्तर्गत इथोपिएन एयरलाइन्स मुख्य प्रायोजक रहेको सो मोटरसाइकल रेसको प्रविधिक पक्षको जिम्मेवारी नासाले गरेको थियो । विभिन्न क्षेत्र तथा समुदायका दुई सय ५० जना सहभागिहरु एक सय २५ वटा मोटरसाइकलमा सवार भई सातदोबाटोबाट टोखा-छहरे-नुवाकोटको साततले दरबार राष्ट्रिय संग्रहालय-देबीघाट हुँदै त्रिशूली सम्मको यात्रा पुरा गरेको थियो ।
प्रतिस्पर्धी वाहेक अन्य पाहुनाहरु पनि सहभागी सो र्‍याली मार्फत नुवाकोटको आन्तरिक तथा वाहृय पर्यटनको विकास र प्रवर्द्धनका लागी प्रचार प्रसारमा थप मद्वत पुगेको सहयोगी तथा प्यासिफिक एशिया ट्राभल एशोसिएसन नेपाल च्याप्टरका अध्यक्ष अध्यक्ष सुमन पाण्डेले बताए ।

, ,

news and entertainment