पहिले बलात्कार.अब उजुरी, गर्दा धम्की
२४ फागुन,काठमाडौं ।देशभर अन्तराष्ट्रिय नारी दिवस मनाईरहेका बेला बैतडीमा भने घरेलु हिंसाका कारण एक दलित किशोरीको भविष्य संकटमा परेको छ । एसएलसीको तयारीमा रहेकी उनीमाथि बलात्कारको प्रयास भएपछि जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी फिर्ता गराउन धम्की आउन थालेको छ । गाउँले र पीडक पक्षको धम्कीका कारण उनले राम्ररी पढ्न समेत पाएकी छैनन् ।
बैतडीको सित्तड बस्ने किशोरीमाथि केही दिन अघि किताब पढिरहेको मौका छोपी राती १२ बजेको समयमा झुक्याएर स्थानीय सिबी गोयलाले बलात्कारको प्रयास गरेका थिए । एक छोरीका बुवा समेत रहेका गोयला बिरुद्ध गाउँलेहरुले सुरुमै उजुरी गर्न नदिएपनि महिला अधिकारकर्मीहरुको सहयोगमा पीडितले उजुरी दर्ता गराएकी थिइन् ।
त्यसपछि उजुरी फिर्ता गराउन उनका आफन्त र गाउँलेहरुले दिनदिनै धम्की दिन थालेकोले आफ्नो पढाइ समेत बिग्रेको पीडितले बताएकी छिन् ।
पिडकले चार लाख रकम दिने भनेपछि मुद्धा फिर्ता गरेर गाउँमै मिलाउने भन्दै धम्की र दबाव आएपछि दिनहँ तनावमा बस्नु परेको उनको गुनासो छ । उनी जस्तै बैतडीकै एक अर्की किशोरीलाई झुक्याउँदै भारत लगरे बेचबिखन गर्न खोजिएपछि एक महिला र दुई पुरुष बिरुद्ध मानव बेचबिखन बिरुद्धको मुद्धा दर्ता भएको छ । उक्त घटनापछि १७ बर्षिया ति किशोरी विक्षिप्त बनेकी छिन् ।
आफ्नै आफन्तहरुको सहयोगमा झुक्याएर झुलाघाट हुँदै भारतको बङ्गलोर पु¥याइएकी उनको भारतीय प्रहरी र एक नेपाली युवकले उद्धार गरि नेपाल पठाएका थिए । पछिल्लो समय महिलाहरु सचेत बन्दै गएकाले हिंसाका घटनाहरु बढी सार्वजनिक हुन थालेको महिला अधिकारकर्मीहरुले बताएका छन् ।
महिला हिंसाका घटनाहरु दिनदिनै आइरहेपनि प्रहरीको सहयोग भने सजिलै नपाएको पीडितहरुले बताएका छन् । पीडितका पक्षमा बोल्ने महिलाहरुले प्रहरी घरेलु हिंसाका घटनाहरुप्रति सकारात्मक नरहेकोले सजिलै कानुनी सहयोग समेत नपाएको अधिकारर्मीहरुले बताएका छन् ।
बैतडीमा पछिल्लो एक बर्षमा मात्रै अधिकारकर्मीहरुको सहयोगमा जिल्ला अदालत बैतडीमा २३ वटा घरेलु हिंसा बिरुद्धका मुद्धा दर्ता भएका छन् । ति मध्ये १० वटा फैसला भइसकेका छन् भने १३ वटा बाँकी रहेका छन् । बैतडीमा एसएसली दिने क्रममा भएको बलात्कारको घटनादेखि लिएर बुबाबाटै नावालक छोरी बलात्कार भएका घटनाहरु सम्म प्रहरीमा दर्ता भएका छन्