मेरीबास्यै छोडेर एस्तो रैछ प्लान तक्मेबुढाको
काठमाडौं । चर्चित हाँस्य कलाकार तक्मेबुढा अर्थात विल्सन विक्रम राईलाई अब भारतीय टेलि सिरियलमा देख्न पाइने भएको छ ।
हाँस्य टेलिसिरियल मेरीबास्यै प्रवेशसँगै चर्चा कमाएका राई भारतीय चर्चित निर्देशक आशुतोष गोवारिकको निर्देशनमा बन्न लागेको एक सिरियलमा काम गर्न लागेका हुन् ।
केही महिना पछि सुरु हुने सिरियलको एक सय भागसम्म राईको अभिनय रहने बताइएको छ । सो सिरियलमा अनुबन्धित भएसँगै सिरियलमा काम गरुन्जेल उनले फिल्म बाहेक अन्य प्रोजेक्टमा काम गर्न पाउने छैनन् ।
सो सिरियलको यस्तो अंकुसले तक्मेबुढालाई आगामी दिनमा मेरीबास्यैमा देख्न नपाईने लगभग पक्का जस्तो भएको छ । हिमान्चल प्रदेशको शेर्पा जातीको एक यूवकको भूमिका अभिनय गर्न लागेका राई सो सिरियलको लागि सम्झौता गर्न २८ मार्चमा दिल्ली जाने भएका छन् ।