जी-एट बाट रसियालाई हटाउने

लन्डन, बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले बुधबार आउँदो साता सात मुलुकको समूह (जी सेभेन) को बैठकमा रसियाले युक्रेनलाई अस्थिर बनाउने थप काम गरेमा आठ मुलुकको समूह (जी एट) बाट स्थायी रूपमा निष्कासन गर्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभएको छ ।obama-putin-merkel

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सोमबार तथा मङ्गलबार हेगमा पारमाणविक सुरक्षा शिखर बैठकमा ‘जी एट’को अध्यक्ष रसियालाई पन्छाएर ‘जी सेभेन’को बैठक बोलाउन आग्रह गर्नुभएको छ । उहाँले यस्तो बैठकमा रसियाले क्राइमियालाइ आफूमा बिलय गरी शक्ति प्रदर्शन गरेको विषयमा छलफल गर्नुपर्ने बताउनुभएको छ ।

संसदमा प्रधानमन्त्री क्यामरुनले यी मुलुकले आफ्ना सहयोगी साझेदारसँग मिलेर अगाडि बढ्नु महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यस बैठकमा रसियालाई ‘जी एट’ समूहबाट स्थायी रूपमा निष्कासन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा छलफल गर्नुपर्ने बताउनुभयो ।

उहाँले यस्तो प्रकारको बैठक सोमबार बस्ने र यस्तो काम गर्नु सही भएको बताउनुभयो । प्रधानमन्त्री क्यामरुन संसदको तल्लो सभामा प्रतिपक्षी लेबर पार्टीका नेता एड मिलिब्यान्डको प्रश्नको उत्तर दिँदै हुनुहुन्थ्यो ।
उहाँले रसियाले पूर्वी युक्रेनमा क्राइमिया बाहेक अन्य कुनै पाइला लिए ऊमाथि कडा आर्थिक तथा कूटनीतिक प्रतिबन्ध लगाउनुपर्ने बताउनुभयो ।
उहाँले रसियाको ओलम्पिक नगर सोचीमा जुन महिनामा हुने ‘जी एट¬’ को बैठकमा आफू सहभागी नहुने जानकारी दिने पहिला मुलुकहरूमा बेलायत पनि परेको बताउनुभयो ।

, ,

news and entertainment