गाँजा तस्कर र प्रहरीबीच यसरि गोली हानाहान

सिरहामा गाँजा तस्कर र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ | जिल्लाको जमदह ३ र मुक्सारकोबीचमा पर्ने गागनखोलामा बुधबार राति साढे १ बजे गोली हानाहान भएको हो।

भारततर्फ गाँजा बेच्न लैजाँदै गरेको सुराकी पाएपछि गाँजा तस्करको नाका ढुकेर बसेका सशस्त्र प्रहरी र तस्करबीच गोली हानाहान भएको हो | लागु औषध गाँजा बोकेर आइरहेको तस्करलाई प्रहरीले छेकेपछि तस्करले प्रहरीलाई गोली हानेका थिए । त्यसको जवाफमा आफूहरुले पनि दुईराउण्ड गोली चलाएको गोलबजार सशस्त्र प्रहरी बेस क्याम्पका प्रमुख प्रहरी निरीक्षक लिलाबहादुर कार्कीले जानकारीप्रमुख कार्कीले जानकारी दिए |

प्रहरीले गोली चलाएपछि तस्करहरु गाँजा छोडेर भागेका थिए । तस्कर भागेपछि त्यस क्षेत्रमा खोजी गर्दा एक थान नलकटुवा पेस्तोल, त्यसमा लाग्ने एक थान गोली र ८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

, ,

news and entertainment