६ सचिवको बढुवा, मन्त्रीहरुलाई तीन दिनभित्र सम्पत्ति विवरण बुझाउन प्रधानमन्त्रीको निर्देशन
६ जना कायमुकायम सचिवलाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डा.प्रभाकर पाठक, अनुपराज उपाध्याय, हरि श्रेष्ठ, नारायण रेग्मी, मधुकुमार रेग्मी र भोलाकुमार शिवाकोटीलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बताए।
यसैबीच आजको बैठकमा प्रधानमन्त्री
सुशील कोइरालाले तीन दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन सम्पूर्ण मन्त्रीहरुलाई निर्देशन दिएको भन्दै सबै मन्त्रीहरुबाट सम्पत्ति विवरण प्राप्त भएपछि एकैपटक सार्वजनिक गरिने बताए ।
सरकारले आगामी सोमबार आफ्नो आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।
