बार्सा र पिएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा

स्पेनिस क्लब बार्सीलोना र फ्रेन्च लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बार्साले म्यानचेष्टर सिटी तथा पिएसजीले वायर्न लेभरकुजनलाई समान २-१ ले पराजित गर्दै युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।
article-2579475-1C3C5DB900000578-166_634x320
बार्साको मैदान नोउ क्याम्पमा विहिबार भएको खेलमा म्यानचेष्टर सिटीलाई २-१ ले पराजित गर्दै बार्सा अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा सिटीलाई २-० ले पराजित गरेको बार्सा समग्रमा ४-१ ले विजयी भएको हो । बार्साको लागी पहिलो लेगमा गोल गरेका मेसी र डानी एल्भ्जले गोल गरे भने सिटीका लागी कप्तान भिसेन्ट कोम्पनीले सान्तवना गोल गरेका थिए ।
article-2579501-1C3CD14700000578-703_634x460
यस्तै विहिबारै भएको अर्को खेलमा जर्मन क्लब वायर्न लेभरकुजनलाई २-१ ले नै पराजित गरेको पिएसजी समग्रमा ६-१ ले विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पिएसजीको जितमा इक्वेल लाभेज्जी र मारकुइनहोसले एक एक गोल गरे भने लेभरकुजनका लागी सिड्ने सामले एक गोल गरे । पिएसजी पहिलो लेगमा ४-० ले विजयी भएको थियो ।

,

news and entertainment