दबाबका कारण रमेश खरेलले सकेनन् ? नेविसंघका नेता छुट्दै

३० फागुन,काठमाडौं ।हातहतियार सहित पक्राउ परेका नेविसंघका शंकरदेव क्याम्पस स्ववियु सभापति शुभराम बस्नेत लगायतका हरु आज छुट्न संभावना रहेको छ ।

प्रहरीले अनुसन्धान प्रक्रिया रोक्दै अनुसन्धान फाइल शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
सरकारी वकिलको सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेका बस्नेतसहित सबैलाई शुक्रबारै सामान्य तारेखमा छाड्ने तयारी गरेको बुझिएको छ।

प्रहरी भने हातहतियार तथा खरखजना ऐन अन्तर्गत दुईबर्षसम्मको जेल सजायको माग गरेको बताएको छ । तर प्रहरीले राजनैतिक दबाबमा निकै फितलो अनुसन्धान गरेको आरोप लगाइएको छ।

प्रहरीले फागुन २० गते बस्नेत सहित नेविसंघका पूर्व सहायक महामन्त्री सचित शर्मा लगायतकालागई काठमाडौंको सीतापाइलाबाट हतियारसहित राति ३ बजे पक्राउ गरेको थियो ।
उनीहरु प्रकाउ परेपछी नेविसंघ सडकमा उत्रिएको थियो भने काठमाडौं प्रहरी प्रमुख रमेश खरेलमाथि पनि कारवाहीको माग गरेको थियो।
राजनैतिक दबाबमा प्रहरीले मै यति चाँडो अनुसन्धाननै पुरा नभइ अनुसन्धानको फाइल बुझाइको बताइएको छ।
उनीहरुलाई प्रहरीले स्वयम्भु वृत्तमा राखेर अनसुन्धान गरिरहेको थियो। बस्नेतलाई पक्राउ गरेपछी रमेश खरेलमाथि  चर्को दबाब बनाइएको थियो। 

,

news and entertainment