सैफअली खानले डुबाए निर्माता, अब 'रेस-३' नबन्ने
'रेस-३'को स्क्रिप्ट अघिल्लो बर्षनै तयार भईसकेको थियो र यसको सिक्वेलको तेस्रो भागको कहानी पनि तयार भइसकेको छ।
कुरा यहाँ सम्म बढि सकेको थियो कि पहिलाको दुइवटा सिक्वेलमा जस्तै यसमा पनि सैफ अली खानले नै मुख्या भुमिका निवार्ह गर्ने भएका थिए । तर फल्म खेले बापत दिईने पारिश्रमीकको बिषयमा कुरा नमिलेर विवाद समेत बढेपछि यो सिक्वेल त यतिकै टुंगियो त्यसमा पनि यस फिल्मका निर्देशक रमेश तौरानीले ठुलो नोक्सान समेत बेहोर्नु पर्यो ।
फिल्म 'बुलेट राजा' फल्प भएपछि सैफ अली खानले आफ्नो परिश्रमीक कि त घटाउने या उती नै राख्ने अनुमान गरिएको थियो तर उनले उल्टै बढाईदिए । अहिले सम्म उनले एउटा फिल्म खेले बापत १७ देखि २० करोड भारु सम्म लिने गरेका थिए । तर 'रेस -३ 'का लागि उनले रमेश तौरनीसंग २२ करोडको माग रेखे ।
उनले मागेको परिश्रमीक अलिक बढि भएको भन्दै निर्देशकले सैफलाई फेरि सोचेर भन्नु भनेका थिए । यसको बदलामा बुलेट राजा सेफले यो फिल्मबाटै बाहिरिने निर्णय सुनाए । त्यसपछि यस फिल्मको सिक्वेल अपुरै रह्यो । सैफ अली खानको दमदार भुमिकाले रेसको सिक्वेल लगातर हिट भएको र अब सैफ बिना 'रेस -३ 'को सिक्वेल नबन्ने अनुमान समेत गरिएको छ।
