को को भए त यस वर्ष संसारका उत्कृष्ट दस अर्बपतिहरु ?
एजेन्सी।अमेरिकाको एक प्रख्यात पत्रिका फोर्ब्सले हालसालै बर्षका उत्कृट धनीको सूचि सार्वजनिक गरेको छ। अमेरिकाबाट प्रकाशित हुने फोब्र्स पत्रिकाले प्रत्येक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्दै आएको छ।
वर्ष २०१४ मा संसारमा आफ्नो सम्पत्तिमा वृद्धि गरेर थुप्रै मानिस अर्बपतिको सूचीमा सामेल भएका छन् भने केही व्यक्ति यो सूचीबाट बाहिरिएका पनि छन्। सूचीको पहिलो १० स्थानमा रहेका केही अर्बपति लगातार यो सूचीमा रहँदै आएका छन्।
यो बर्षको धनीको पहिलो सूचिमा माइक्रोसफ्ट कम्पनीका संस्थापक विल गेट्सले पहिलो स्थान ओगटेकाछन् । फोर्ब्स म्गेजीनले २0१४ मा तयार गरेको संसारका दस उत्कृष्ट अर्वपतिको सूचि यस प्रकार छ।


५८ वर्षीय बिल गेट्स अमेरिकी नागरिक हुन्।उनि माइक्रोसफ्ट कम्पनीका संस्थापक हुन्। उनको माइक्रोसफ्ट कम्पनीबाट उत्पादित अपरेटिङ सिस्टमद्वारा अहिले विश्वका ९४ प्रतिशत कम्प्युटर सञ्चालित छन्। उनको सम्पत्ति अहिले ७६ अर्ब डलर छ।

मेक्सिकोका नागरिक ७४ वर्षीय कार्लोस सिलम हेलु वर्ष २०१४ मा संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा दोस्रो नम्बरमा छन् । हेलु मुख्यतः दूरसञ्चारका व्यवसायी हुन् । उनको यो व्यापारले मेक्सिकोमा एकाधिकार नै जमाएको छ । त्यसबाहेक सम्पूर्ण ल्याटिन अमेरिका क्षेत्रमा समेत उनको प्रभाव छ । उनी खुद्रा व्यापार, बैंकिङ तथा बिमासम्बन्धी कारोबार पनि गर्छन्। उनको कुल सम्पत्ति ७२ अर्ब डलर बराबर छ।

अर्बपतिहरूको सूचीमा तेस्रो स्थानमा रहेका स्पेनका ७७ वर्षीय व्यापारी अमान्सियो ओर्टेगाको कुल सम्पत्ति ६४ अर्ब डलर बराबर छ। ओर्टेगा मुलत खुद्रा व्यापारी हुन् । स्पेनमा उनको जारा नामक स्टोर छ । विश्वका ७१ देशमा यस्ता ४ हजारभन्दा बढी स्टोर छन् । यसबाहेक ओर्टेगाको ग्याँस, पर्यटन उद्योग, बैंकिङ तथा रियल स्टे टका क्षेत्रमा पनि विश्वका विभिन्न राष्ट्रमा लगानी छ।

८३ वर्षीय वारेन बफेट पनि अमेरिकी नागरिक हुन्। उनलाई संसारका धनीको सूचीमा चौथो स्थानमा राखिएको छ। उनको कुल सम्पत्ति ५८.२ अर्ब डलर छ । बफेटले पनि आफ्नो सम्पत्तिको ठूलो हिस्सा बिल गेट्स तथा मेलिन्दा गेट्स फाउन्डेसनलाई दान गरेका छन्।

लरेन्स एलिसन अमेरिकी नागरिक हुन्। उनको कुल सम्पत्ति साढे ४८ अर्ब डलर छ । फोब्र्स पत्रिकाको सूचीमा पाँचौ स्थानमा रहेका एलिसन ओराकल सफ्टवेयरका मालिक हुन् । उनले सन् १९७७ मा ओराकलको क्षेत्रमा काम गर्न थालेका थिए । सन् १९८६ देखि यो सार्वजनिक प्रयोगमा आएको थियो।उनको ४ सय ५३ फुट अग्लो राइजिङ सन् नामक पानीजहाज छ, जसलाई एलिसन आफ्नो निजी प्रयोजनका लागि प्रयोग गर्छन् ।

७८ बर्षे चार्ल्स कोच यस बर्षको अर्बपतिको छैटौ स्थानमा पेरेकाछन्। उनको कुल सम्पति ४० अर्ब डलर रहेको छ। उनी अमेरिकी नागरीक हुन।

७३ बर्षे अमेरिकनबासी डेविड कोच चार्ल्स कोचका भाई हुन्न। उनि पनि दाजुसँगै एउटै संस्थामा छन्। उनको कुन सम्पति ४० अर्ब डलर छ।

क्यासीनो व्यापारी शेल्डन एडेल्सन यस वर्षको फोर्ब्स पत्रिकाको सूचीको आठौ स्थानमा छन्। ८० वर्षे एडेल्सनको कुल सम्पति ३८ अर्व डलर छ।

क्रिस्टी वाल्टन वालमार्टमा आवद्ध वाल्टन सूचीको नऔ स्थानमा परेकि छिन। उनको कुल सम्पति ३६.7 अर्व डलर रहेको छ।

जिम वाल्टन वालमार्टका अध्यक्ष हुन। ६६ बर्षे वाल्टनको कुल सम्पति ३४.७ अर्व डलर छ।
