हराईरहेको मलेशियन विमानका १२२ टुक्रा भेटिए

एजेन्सी ।  हराईरहेको मलेशियन विमान MH370 को १२२ टुक्रा स्याटलाइटले पत्ता लगाएको मलेशियाका ट्रान्सपोर्ट मन्त्रीले दाबी गरेका छन।

स्याटलाईटले यसको तस्वीर गत २३ मार्चमा लिएको हो, ती टुक्राहरु मध्ये कुनै कनै टुक्रा करिब २३ मिटर लामो रहेको मलेशियन मन्त्री हिसामुद्दिन हुसैनले बताएका छन।

फ्रेन्च एयरबस स्याटलाईटले खिचेको उक्त तस्वीरमा देखिएका टुक्राहरु चम्किलो देखिएको र विमानकै कुनै टुक्राहरु भएको बताईएको छ।

malaysian plane missing objects

क्वालालम्पुरबाट बेईजिङका लागि उडेको उक्त विमान गत मार्च ८ देखि हराईरहेको थियो। उक्त विमानमा २३९ जना सवार थिए।

,

news and entertainment