अनुष्कासंग ब्रेकअप भएपछि रणवीर तीनदिन होटलमै लक भएको रहस्य बाहिर
खबरपार्क समाचार । भनिन्छ प्रेम गर्नेहरु विछोडको पिडा सहन नसक्दा तड्पिन्छन् । अनेक हर्कतहरु गर्न पछि हट्दैनन् । सामान्य मानिसलाई मात्र होइन फिल्मी दुनियाका नायक भनाउँदाहरु पनि यस्तो क्रियाकलापबाट अछुतो हुँदैनन् । पछिल्लो समय यसकै एक ज्वलन्त उदाहरण बने बलिउड अभिनेता रणवीर सिंह ।

अहिलेकी चलेकी अभिनेत्री दिपिका पादुकोणसंग प्रेम सम्बन्धमा रहेका रणवीरले आफ्नो पूर्व–प्रेमिकासंग ब्रेक–अप हुँदा तीनदिनसम्म एउटा होटलमा थुनिएर बसेको रहस्य भारतीय संचारमाध्यमहरुले बाहिर ल्याएका छन् । उनको पूर्व–प्रेमिका थिईन् नायिका अनुष्का शर्मा ।

ब्रेकअप र भावनात्मक व्यवहारहरुले कुनै असर नपु¥याउने ‘कूल ब्वाई’ का रुपमा बलिउडमा आफ्नो पहिचान बनाएका रणवीरको यो रहस्यले सबैलाई चकित बनाएको छ । अनुष्कासंगको विछोडका कारण उनी तीनदिन एउटा होटलको कोठा देखि बाहिर ननिस्किएको बताइएको छ ।
प्रेम कथामा आधारित चलचित्र ‘रामलिला’ का यि ‘रोमियो’ ले ‘रिल लाईफ’ मा मात्र होइन ‘रियल लाईफ’ मा पनि यस्तै गम्भिर प्रेम गर्छन् त ? बलिउड प्रेमिहरु माझ प्रश्न अझै बेजवाफ छ ।