अक्षयका अंगरक्षकले बर्साए डाक्टरमाथि झापड
बलिउड नायक अक्षय कुमारका अंगरक्षकले डाक्टरमाथि झापट हानेका छन् । फिल्म सुटिङ भइरहेका बेला अक्षयको नजिक आएको भन्दै अंगरक्षकले डाक्टरमाथि झापड बर्साएका हुन् ।
मुम्बइको मलादपश्चिमस्थित आवासीय क्षेत्रमा शनिबार भएको सुटिङमा अक्षय अभिनयमा ब्यस्त थिए । आफूमाथि झापड बर्सेपछि छिमेकीको सहयोगमा डाक्टरले प्रहरीलाई खबर गरेका थिए । दुबैजनालाई प्रहरीले सोधपुछ गर्न लगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
बाङुर नगर प्रहरीले अमर्यादित व्यवहार गरेको अभियोगमा ती अंगरक्षकमाथि प्रहरीले मुद्दा दर्ता गरेको छ । ३३ वषर्ीय शैलेश शर्मा दन्त चिकित्सक हुन् । उनी एभरसाइन ग्रेन्डावर भवनस्थित आफन्तको निवासबाट मन्दिर जाँदै थिए । नायक अक्षय डा. शर्माको पार्किङ गरिराखिएको गाडीनजिक उभिएर अभिनय गर्दै थिए । तर आफ्नो गाडीनजिक जाँदा अक्षयको समीप पुगेको आरोपमा अंगरक्षकले झापड बर्साएको उनको गुनासो छ ।
शर्माका आफन्तले आफ्नो आवासक्षेत्रमा अनुमतिविना सुटिङ गरेको आरोप पनि लगाएका थिए । यो झापड प्रकरणको विवाद हुँदा अक्षय बाहिरिसकेका थिए ।
\
