बाग्लुङमा ३६ किलो चरेश सहित ४ जना पक्राउ

बाग्लुङ नगरपालिका– ३ को बिद्युत प्राधिकरण कार्यालय नजिकबाट ग १ ज ४९६७ नम्वरको गाडीमा रहेका चार जनालाई ३६ किलो चरेश सहित पक्राउ गरेको छ ।
 baglung
पक्राउ पर्नेमा पाण्डवखानीकी २३ बर्षकी देवी श्रीस, २८ बर्षकी माया श्रीस, ५० बर्षकी यामकुमारी श्रीस र गाडी चालक २६ बर्षकी हिमाल घर्ती रहेका प्रहरी नायव निरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए। पक्राउ पर्ने देवी श्रीससँगै उनका तीन वर्षका छोरा पनि प्रहरी हिरासतमा रहेका छन् ।

प्रहरीले पक्राउ पर्नेहरुलाई शनिबार विहान पत्रकार सम्मेलन गरी लागु औषध सहित सार्वजनिक गरेको हो। प्रहरीको प्ररम्भिक बयानमा पक्राउ पर्नेहरुले चरेश बुटवलसम्म पुर्‍याए बापत आफुहरुलाई खाना, वस्न र यातायात खर्च बाहेक आठ हजार रुपैयाँ दिने सर्तमा चरेश बोक्न तयार भएको प्रारम्भिक बयान दिएका छन् । गाडी सहित पक्राउ परेका सबैलाई अनुसन्धान पछि लागु औषध ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने गुरुङले बताए |

लागु औषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ को (५) अनुसार दश किलोग्रामदेखि माथि जति सुकै भएपनि दुई वर्ष देखि दश वर्षसम्म कैद र पन्ध्र हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने दण्ड सजायँको व्यवस्था छ ।

, ,

news and entertainment