बंगलादेश बिरुद्ध खेल्ने नेपालका ११ खेलाडी को को ?
४ चैत,काठमाडौं।टी-२० विश्वकपमा आज नेपाल बंगलादेशसंग भिड्दै छ। कुनै टेस्ट खेल्ने राष्ट्रसंग अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले खेल्न लागेको यो पहिलो पटक हो। आजको खेल नेपालको लागि यसैपनि ऐतिहासिक छ।
पहिलो खेलमा हङकङलाई सहजै पराजित गरेपछि नेपाल आज उच्च मनोवलका साथ मैदानमा उत्रिने पक्का छ। कागजमा नेपाल भन्दा बंगलादेश बलियो देखिए पनि ४० ओभर अघि खेलको अनुमान गर्ने हुति कोहीसंग पनि छैन् ।
बंगालदेशले नेपाललाइ कमजोर आक्ने भुल नगर्ने निश्चित छ। हाल बंगालदेशले नेपालको खेल अगाडीले नेपालले खेलेका खेलहरुको भिडियो फुटेजको अध्ययन गरिसकेको छ।
आजको खेलमा नेपालले हङकङ विरुद्धकै टोलीलाई उतार्ने करिब निश्चित मानिएको छ। 'विनिङ कम्विनेशन'लाई समेसम्म नबिगार्ने चलन पनि छ।
पारस खड्का सहित मैदानमा उत्रिने ११ जनाको टोली करिब यसप्रकार हुनेछ।
१.सागर पुन
२.सुभास खुकुरेल
३.ज्ञानेन्द्र मल्ल
४.पारस खड्का
५.बिनोद भण्डारी
६.शरद भेषवाकर
७.नरेश बुढाएर
८.बसन्त रेग्मी
९.शक्ति गौचन
१०.सोमपाल कामी
११.जितेन्द्र मुखिया
१.सागर पुन
२.सुभास खुकुरेल
३.ज्ञानेन्द्र मल्ल
४.पारस खड्का
५.बिनोद भण्डारी
६.शरद भेषवाकर
७.नरेश बुढाएर
८.बसन्त रेग्मी
९.शक्ति गौचन
१०.सोमपाल कामी
११.जितेन्द्र मुखिया
खेल जहुर अहमत चौधरी स्टेडियम चित्तगङमा साँझ ७ बजेर १५ मिनेटमा शुरु हुनेछ ।
