टर्किसको उडान बिहान, एकै दिनमा यूरोप र अमेरिका पुग्न सकिने


वैशाख २०, २०७३- काठमाडौंलाई युरोपसँग सिधा उडानमार्फत जोड्दै आएको टर्कीको ध्वजावहाक विमान कम्पनी टर्किस एयरलाइन्सले सोमबारदेखि आफ्ना नियमित उडानलाई बिहान सारेको छ ।

हाल सातामा चार वटा उडान भर्दै आएको टर्किसले काठमाडौंबाट उड्ने यात्रुलाई एकै दिनमा अमेरिका र युरोपका मुलुकमा पुर्‍याउने उदेश्यले आफ्नो उडानलाई बिहान सारेको बताएको छ ।

सोमबारदेखि टर्किसकको विमान सवा ६ बजे काठमाडौं विमानस्थलमा अवतरण हुन थालेको छ । व्यवसायिक प्रतिष्प्रर्धाका कारण टर्किसले यसो गरेको हो । यो नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हरेक विहान आइपुग्ने पहिलो अन्ताष्ट्रिय विमान सेवा हो ।

एसियाली मुलुकका नागरिकहरुलाई छोटो समयको ट्रान्जिट र एउटै एयरलाइन्सको उडानबाट युरोप र अमेरिका एकै दिन पुर्‍याउने यस्को व्यवसायीक उदेश्य हो ।

यसै अनुसार, टर्किसले भारत र नेपालबाट उड्ने समय तालिका मिलाएको छ । टर्किसको दिल्लीबाट उड्ने विमान विहान साढे ५ बजे इस्तानबुलका लागि उड्छ भने यहाँबाट यो विमान पौने ८ बजे इस्तानबुलका लागि उड्छ ।

८ घन्टाको उडान अवधिमा इस्तानबुल पुग्ने टर्किसले त्यहाबाट ७/८ घन्टाकै अर्को उडान अवधिमा युरोप र अमेरिकाका ७ वटा गन्तव्यमा इस्तानबुलमा रहेका यात्रुलाई पुर्‍याउने गरेको छ । टर्किसको यो उडानतालिका युरोप/अमेरिका पुग्ने नेपाली यात्रुका लागि सजिलो हो । तर, इस्तानबुलबाट काठमाडौं आउने विहानको समयमा काठमाडौंको विमानस्थल खुलिनसक्ने भएकाले अधिकाशं समय यस्ले होल्डमा बस्नुपर्छ ।

१४ महिनाअघि काठमाडौंमा भएको टर्किस जहाजको दुर्घटना यसैको परिणाम हो । यो घटनाले टर्किसले आफ्नो २६ अर्ब रुपैयाँ बराबरको ब्रान्डन्यू जहाज गुमाउनु पर्‍यो । उक्त घटनापछि टर्किसले हिउँद यामको सयमको उडान मध्यान्नका लागि सारेको छ ।

‘हाम्रो विन्टर सिजनको उडानको सयम दिउँसोको सकिएकाले सोमबारदेखि बिहानबाट उडान सुरु गरेका छौ,’ काठमाडौंस्थित टर्किस स्टेशनले भन्यो । उसका अनुसार, अक्टोबर ३० देखि २८ मार्चसम्म जाडो याममा बिहान हुस्सुका कारण जहाज अवतरणमा कठिनाइ हुने भएकाले यो याममा टर्किसले उडान समय मध्यान्नमा सार्ने गरेको छ ।

तर, यसपटक अप्रिल महिनाभर पनि बिहानको मौसम नखुलेका कारण टर्किसले उडान समय एकमहिना पछि मात्रै बिहान सारेको हो । काठमाडौंका लागि ठूला विमान चलाउनेमा आधा दर्जन विदेशी एयरलायन्समध्ये टर्किस पनि एउटा हो ।
यसले २ सय ८९ जना यात्रु क्षमता भएको एयरबसको ए–३२० उडाउने गर्छ । नेपाललाई स्वदेशी विमान कम्पनी नेपाल वायुसेवा निगमसहित २६ वटा एयरलायन्सले बाँकी विश्वसँग जोडेका छन् ।
गत वर्षको तथ्यांक अनुसार टर्किस नेपालमा सबैभन्दा धेरै यात्रु ल्याउने विमानहरुको सूचीमा १२ औं स्थानमा परेको थियो । यसले सन २०१५ मा ५ सय ४४ वटा उडानमार्फत १ लाख १ हजार १ सय ३० यात्रु बोकेको थियो । यो जहाजमा नेपाल आउनेमा अधिकांश विदेशी पर्यटक हुन् ।
kantipur

,

news and entertainment