वामदेव पनि रमेश खरेलको बाटोमा
२४ फागुन,काठमाडौं ।उप–प्रधान तथा गृहमन्त्री बामदेव गौतमले अपराध गरेर फरार रहेका ब्यक्ति जुनसुकै पार्टीका झण्डा बोकेको वा जतिसुकै ठुलो मान्छे भएपनि नछाड्ने बताएका छन्।
उनले एक बर्ष भित्र जनताले सुरक्षा र बिकासको अनुभुती गर्ने दावी समेत गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटि बाराद्वारा आज सिमरामा आयोजित सम्मान कार्यक्रममलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले एक बर्ष भित्रै नयाँ संबिधान निर्माण र स्थानीय निकायको निर्वाचन गर्न नसके एतिहासिक उपलब्धिहरु स्थापित हुन नसक्ने पनि बताए ।
उनले सरकारले केही दिन भित्रै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताएका छन् ।
नेपाली काँग्रस र एमालेबीच भएको सहमति अनुसार सबै दलबीच सहमति जुटाएर केहि दिन भित्रै निर्वाचको मिती तोक्ने तयारीमा सरकार रहेको उनको भनाइ छ ।
कार्यक्रममा युवा तथा खेलकुद बिकास मन्त्री पुरुषोत्तम पौडेलले अहिलेको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान एक बर्ष भित्रै जारी गर्ने दावी गरे । बारा जिल्लाबाट निर्वाचित एमालेका जिल्ला सभापति बलबिर चौधरीले उप–प्रधान तथा गृह मन्त्री बामदेव गौतम र युवा तथा खेलकुद बिकास मन्त्री पुरुषोत्तम पौडेललाइ दोसल्ला ओडाएर सम्मान गरेका थिए ।