भन्सारमा सशस्त्र र नेपाल प्रहरी बीच झडप
बिजय चौहान। वीरगन्ज। वीरगन्ज भन्सारबाट जाँच पाश भई निस्किएको ट्रक नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र नेपाली प्रहरी बीच झडप भएको छ । भन्सारबाट निस्किएको ना १ क २२८२ नम्बरको ट्रकलाई नेपाल प्रहरीले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय तर्फ लैजाने क्रममामा आइतबार राती ९:३० बजेको समयका वीरगन्जको घण्टाघर चोकमा सशस्त्र प्रहरीले हस्तक्षेप गरेपछि दुवैपक्षमा झडप भएको हो।
भन्सारबाट सिमेन्टी लोड गरेको निजी नम्बर प्लेटको ना १ क २२८२ र सार्वजनिक प्लेटको ना १ ख ८५६२ नम्बरको ट्रकमा भन्सारछलीका समान हरेको सुचनाको आधारमा ट्रकलाई नियन्त्रणमा लिई कार्यालय तर्फ जानेक्रममा जिल्ला प्रशासन कार्यालमा रहेको सशस्त्र प्रहरीको टोलीले घण्टाघर चोकमा हस्तक्षेपगरी ट्रक नियन्त्रणमा लिन खोज्दा दुवै पक्षमा समान्य झडप भएको वडा प्रहरी कार्यालय विर्ताका इन्र्चाज प्रहरी निरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । झडपमा दुवै तर्फ कोही घाइते नभएको प्रहरीले जनाएको छ ।
बीरगन्ज भन्सारबाट जाचपाश भई निस्किएको ट्रकमा प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी र फरक किसिमको समान लोड रहेको पूर्व सूचनाको आधारमा आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिइएको ना १ क २२८२ नम्बरको ट्रकमा भारतीय व्रान्डका मोविल र ना १ ख ८५६२ नम्बरको ट्रकमा जिआई तार तथा वाहनको टिउर लुकाई छिपाई खारिएको बरामद भएपछि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले जानकारी दिनु भयो । ट्रकको अगाडीमा भन्सार छलिका समान खारी पछाडीबाट ट्रकमा सिमेन्ट लोड गरिएको अनुसंधानबाट देखिएको उपरिक्षक सिंहले बताउनु भयो ।