एजेन्सी–अफ्रिकी राष्ट्र गिनीमा एउटा अचम्मको भाइरस फैलिएको छ । मानिसको शरीरमा आन्तरिक तथा बाह्य रुपमा रगत बग्ने, बान्ता आउने र
झाडापखाला लाग्ने ‘इबोला’ नामक यो भाइरसबाट अहिलेसम्म गिनीमा ५९ जनाको मृत्यु भएको छ ।
भकाभक मान्छे मर्न थालेपछि अहिले त्यहाँ त्रास सिर्जना भएको छ । यो भाइरस जंगली जनावरको मासुबाट सर्छ । त्यसैले अधिकारीहरुले जनतालाई जंगली जनाबरको मासु नखान र शान्त भएर बस्न आग्रह गरिरहेका छन् ।
अहिलेसम्म यसको कुनै उपचार या भ्याक्सिन देखा परेको छैन । गिनीको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले संक्रमण रोकथामको प्रयास गरिरहेकाले घरभित्रै बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् । इबोला भाइरस पहिलोपटक युगाण्डा र कंगोमा देखिएको थियो । अहिले गिनीमा मेडिकल सान्स फ्रन्टियरका कार्यकर्ताले काम गरिरहेका छन् ।
यो भाइरसको संक्रमणमा परेका २५ देखि ९० प्रतिशत मानिसहरुको मृत्यु हुने बताइएको छ । युनिसेफले त्यहाँ कार्यरत स्वास्थ्य कार्यकर्तादेखि स्थानीयसम्मलाई संक्रमणबाट कसरी बच्ने भन्ने बारेमा जनचेतना जगाउने तयारी गरिरहेको छ । मेडिकल सान्स फ्रन्टियरले गिनीका सबैभन्दा प्रभावित ३ स्थानमा ३३ टन औषधि र उपकरण पु¥याउनुका साथै ती स्थानमा ‘आइसोलेसन युनिट’ स्थापना गरेको छ । फ्रन्टियरका सल्लाहकार डा. इस्थर स्टेर्कले आइसोलेसन युनिट संक्रमण फैलिने क्रम रोक्नका लागि अत्यावश्यक भएको बताए ।
गिनीमा अनौठो भाइरसको महामारी, भकाभक मर्न थाले मान्छे
news and entertainment
