रसियाद्धारा युक्रेनी सेनामाथि आक्रमण युध्द सुरु
९ चैत,एजेन्सी।रुसी सेनाले क्रिमियामा रहेका युक्रेनी सैनिक बेसमा कारवाही थालेको छ । क्रिमिया औपचारिक रुपमा रसियामा गाभिइसकेपछि पनि युक्रेनी सेनाले क्रिमिया नछाडेको भन्दै सैनिक कारबाही गरिएको हो ।
ग्रिनेट प्रहार गर्नुका साथै स्वचालित हतियारबाट हवाई फाएर गर्दै रुसी सेना क्रिमियाको बेल्बेकस्थित युक्रेनी बेसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
यस अघि हजारौं क्रिमियाली नागरिकले बेल्बिकस्थित नौसैनिक बेस अगाडि गएर युक्रेनी सेनालाई घर फर्कन चेतावनी दिंदै प्रदर्शन गरेका थिए । त्यसपछि पनि युक्रेनी सेना नफर्केपछि रुसी सेनाले कारवाही थालेको हो ।
सैनिक कारवाहीमा एक जना घाइते भएको जनाइएको छ । रुसी आक्रमणको हालसम्म युक्रेनी सेना प्रतिकार गरेको छैन्।
