विश्वका चर्चित नेता जस्तै देखिनेहरु (फोटो फिचर)
भनिन्छ प्रत्येक ब्यक्ति जस्तै देखिने सांसारमा ७ जना हुन्छन् । हुन पनि हामी कहिले काँही ठ्याक्कै जस्तै उस्तै देखिने २ ब्यक्ति देखेका छौं ।
विश्वका चर्चित राष्ट्रपति तथा प्रधानमन्त्री जस्ता देखिने ब्यक्तिहरु पनि फेला परेका छन् । अमेरिकी राष्ट्रपति बराक ओबामा देखि बेलायती प्रधानमन्त्री डेविड क्यमरुनसम्मका डुप्लिकेट निक्कै चर्चामा छन् ।
हेरौं विश्वका चर्चित नेता र उनीहरु जस्तै देखिने ब्यक्तिका तुलनात्मक तस्विरहरुः
इण्डोनेसियाका फोटो ग्राफर इल्हम आन्स अमेरिकी राष्ट्रपति बराक ओबामा जस्तो देखिने गरेका कारण चर्चित छन् ।
बराक ओबामा मात्र होइन युरपेली देशका अन्य नेताहरुका पनि डुप्लिकेटहरु चर्चित छन् ।
बेलायती प्रधानमन्त्री डेविड क्यामरुन, फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलाण्ड, इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बुर्लेस्कोनीका पनि डुप्लिकेट छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुहार भने एक कुकुरसँग मिल्ने गरेको भनेर उडाउने गरिएको छ ।
