आतंकवादी संगठन इन्डियन मुजाहिदिनका प्रमुख मोनू नेपालबाट पक्राउ; लग्यो भारतले
रोशन पाण्डे। काठमाडौं । इन्डियन मुजाहिदिन नामक आतंकवादी संगठनका प्रमुख तहसिन अख्तर उर्फ मोनू नेपालबाट मंगलवार पक्राउ परेका छन्। पट्ना रेलमा बम ब्लास्ट गर्ने मुख्य योजनाकार मानियका मोनू नेपालको मार्ग हुदै पाकिस्तान भाग्न लाग्द नेपालमा पक्राउ परेको दाबीका साथ भारतिय सञ्चारमाध्यमले समाचार प्रसारण गरेका छन्। गत आईतवार भारतको जोतपुरबाट पक्राउ परेका बरकतको बयानबाट पट्ना रेलवेमा बम ब्लास्ट गर्ने लगाउने मोनू भएको खुलासा भएपछि प्रहरीले उनको खोजि तिब्र पारेको थियो। खोजिको सूचिमा परेपछि मोनू नेपाललाई प्रयोग गरी पाकिस्तान जाने योजनामा रहेको बेला दिल्लीबाट खटिएको स्पेशल ब्रान्चको पुलिसले उनलाई नेपालबाट आईतवार पक्राउ गरेको भारतिय संञ्चार माध्यमले जनाएका छन्। तर नेपाल प्रहरीले मोनू नेपालमा पक्राउ नपरेको दाबी गरेको छ।
भारतमा हुन गईरहेको लोकसभा चुनावमा बम ब्लास्टको योजना बनाईरहेका मोनूका सहयोगि पक्राउ पछि उनि फरार भएको अनुसन्धानबाट खुलेको भारतिय प्रहरीले जनाएको छ। मोनूले केहि महिना अघि पक्राउ परेका भारतीय कुख्यात अपराधी अब्दुल करिम टुण्डा, यासिन भटकललाई समेत हातहतियार, बमलगाएतका बिस्फोटका सामाग्री उपलब्ध गराउने गरेको भारतिय प्रहरीको दाबी छ। टुण्डा पक्राउपछि मोनूलाई मुजाहिदीन संगठनका प्रमुखसमेत बनाईको भारतिय प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले मोनूको सुईको पाईपछि उनी राजेश नामबाट पासर्पोट बनाई नेपालको बाटोहुँदै पाकिस्तान पलाएन हुन लागेकोसमेत भारतिय प्रहरीको दाबीलाई त्याहाका सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।
खुल्ला सिमानाको फाईदा उडाउदै भारतीय कुख्यात अपराधीहरु नेपालमा आश्रय लिदै आएका छन्। गत असारमा भारतिय अपराधि बब्लु दुवे नेपालमा प्रक्राउ परेका थिए। दुवेको पक्राउ पछि अब्दुल करिम टुण्डा, यासिन भटकल, चिरञ्जीवीसागर कुशवाह र विकास झा जस्ता कुख्यात अपराधीहरु नेपाल प्रहरीको सहयोगमा प्रक्राउ पछि भारत पुर्याएको थियो। नेपाल प्रहरीले दुवे वाहेक कुनै पनि अपराधी नेपालमा पक्राउ नपरेको दावी गर्दै आएका छ। तर भारतीय सञ्चारमाध्यमहरुले नेपालमा नै पक्राउ परेको दावीका साथ समाचार प्रशारण गर्दै आईरहेका छन्।
मुम्वई हमलाका कुख्यात अपराधी अब्दुल करिम टुण्डा नेपालमा नै पक्राउ परेका समाचार ५ महिना अगाडि सार्वजनिक भयको थियो। स्रोतका अनुसार टुण्डालाई नेपाल प्रहरीको विशेष व्यूरोले काठमाडौंबाट पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको हो । तर गत साउन ३० मा भारतले पत्रकार सम्मेलन गरी टुण्डा नेपाल–भारतको सीमा बनबासाबाट पक्राउ परेको जनाएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले टुण्डा काठमाडौंबाटै पक्राउ परेको समाचार बनाएपछि नेपाल प्रहरीले बाध्य भएर टुण्डा काठमाडौंबाट पक्राउ नपरेको दावी गरेका थिए। टुण्डाको विषयमा गत अगस्ट ६ मा भारतीय अनलाईन संस्करण जागरण डटकममा टुण्डा पाकिस्तानको कराँची शहर छाडी दुबई हुँदै नेपाल आएको उल्लखे गरिएको थियो। टुण्डालाई भारतीय खुफिया एजेन्सीले दुवईबाट नै पिछा गरेरहेको समेत उक्त अनलाईनले दाबिका साथ समाचार प्रकाशित गरेको थियो।
त्यसैगरी भाद्र महिनामा मात्र नेपाल प्रहरीले भारतीय कुख्यात तीन जना अपराधीहरु पक्राउ गरी सुटुक्क भारतलाई बुझाएको खबरसमेत सार्बजनिक भएको थियो। चिरञ्जीवीसागर कुशवाह र विकास झा नाम गरेका भारतीय अपराधीलाई प्रहरीले ललितपुरको इमाडोलस्थित गेस्ट हाउसबाट गत साउन ३२ गते पक्राउ गरेको बताइएको छ। कुशवाह र झालाई भदौं १ गते विहानै जनकपुर लगि भारतीय सीमामा पुर्यार्ई भारतीय प्रहरीलाई बुझाइएको समाचार सार्वजनिक भएको थियो। कुशावाह अपहरण र हत्याका २७ र विकास झा १२ वटा मुद्दाका फरार अभियुक्त थिए। त्यस्तै, भारतीय प्रहरीको मोस्ट वान्टेडको सुचीमा रहेका अर्का आतंकवादी यासिन भटकललाई नेपाल प्रहरीको सहयोगमा नेपाल–भारत सिमा सुनौंलीबाट केही महिना पहिले प्रक्राउ गरिएको थियो। भटकलमाथि १० लाख भारु टाउकाको मूल्य तोकिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। यासिनलाई नेपाल–भारत प्रहरीको सयुक्त टोलीले पक्राउ गरेको आजतक, एबिपि न्युजलगायतका सञ्चारमाध्यमहरुले जनाएका थिए।
- See more at: http://www.hamrakura.com/147839.html#sthash.LZfTCicZ.dpuf
