सिरियल किलर शोभराज अमेरिकी खुफिया एजेन्ट !

१२ चैत, काठमाडौ । कुख्यात सिरियल किलर चार्ल्स शोभराजले तालिबान तथा अमेरिकी खुफिया एजेन्सी सीआईए सँग काम गरेको खुलासा गरेका छन। अहिले काठमाडौको जेलमा रहेका शोभराज विभिन्न देशको जेलमा बसिसकेका छन।

भारतको जेलमा हुँदा जैश ए मोहम्मद का चिफ मसूद अजहरसँग चिनजान भएको र त्यसपछि हतियार दलालको रुपमा काम गरेको बताएका छन।

७० वर्षिय चार्ल्स शोभराजले अमेरिकी खुफिया एजेन्सी सीआईए सँग पनि काम गरेको बताएका छन। यो कुरा उनले एक बेलायती पत्रीकाको लागि दिएको अन्तरवार्तामा बताएका हुन।

charles-shobhraj

शोभराज भन्छन्, 'तालिबानलाई हतियार किन्नको लागि पैसा नभएकोले हेरोईन बेच्नुपर्ने भएकोले उनीहरुले मलाई सम्पर्क गरेकोले मैले सहयोग गरेको हो।'

यस अघि शोभराजले १९८६ मा आफ्नो जन्मदिनको बहाना बनाएर भारतीय सुरक्षा गार्डहरुलाई मिठाईमा मादक पदार्थ राखेर बेहोश बनाइ भारतीय जेलबाट भागेका थिए। त्यतिबेला उनलाई १० वर्षको जेल सजाय सुनाईएको थियो।

 charles-shobhraj1

शोभराज अहिले काठमाडौ जेलमा सन २००३ देखि जन्मकैदको सजाय बिताईरहेका छन। उनले सन १९७५ मा एक अमेरिकी महिलाको हत्या गरेको अपराधमा यो सजाय सुनाईएको थियो। बीस वर्षको जन्मकैदमा शोभराजले आधा समय जेलमा बिताईसकेका छन।

शोभराजले नेपालको जेलबाट पनि भाग्ने प्रयास भने गरेका थिए। जसको कारण जेलको सुरक्षा व्यवस्था कडा बनाईएको छ। शोभराज फ्रान्सका नागरिक हुन।

,

news and entertainment