विमानमा उड्दाउड्दै आगो लागेपछि आपतकालीन अवतरण | भिडियो सहित
नेपाल वायुसेवा निगमको नाइन एन- एबीयु ट्विनअटर विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै आगो लागेपछि आपतकालीन अवतरण गरेको छ।
खोटाङको लामिडाँडाका लागि बिहान १० बजेर १० मिनेटमा उडेको सो विमानमा १५ जना सवार थिए।
उडेलगत्तै दायाँ इन्जिनमा आगो लागेपछि विमान १० बजेर १४ मिनेटमा विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो। विमानमा रहेका चालक दलका सदस्य र यात्रु सबै सुरक्षित छन्।
प्राबिधिक कारणले यदि भिडियो नखुल्न सक्छ

