घरपरिवारले नमानेपछि पत्रकारलाई सांछी राखेर मञ्चमा गरियो अन्तरजातीय विवाह

काठमाडौ -घर परिवारले नस्विकारेपछि एक जोडिले राजधानीमा शुक्रबार पत्रकारहरुलाई साछी राखेर अन्तरजातिय विवाह गरेका छन । शुक्रबार दिउँसो काठमाडौंको संवाद डबलीमा  संखुवासभा चैनपुर गाविस वडा नं २ का उमेश बराइली र चैनपुर ३ कि रुपशना शाक्यले यसरी विवाह गरेका हुन । उनीहरुले पत्रकार र अधिकारकर्मीको उपस्थितीमा ३ वटा मैन वत्ती बालेर विवाह सकाएका थिए । घर परिवारले विवाह गर्न behaअनुमति नदिएपछि बराईली र शाक्यको अन्तरजातीय जोडीले पत्रकारकै सामुन्ने यसरी विवाह गरेको हो । एक अर्कालाई माला पहिर्‍याउँदै बर र बधु दुवैले एकै स्वरमा आफूहरुले सोचविचार गरी राजीखुशीका साथ विवाह गरेको भन्दै आफूहरुको जीवनमा अवरोध नगर्न परिवारजन र समाजलाई आग्रह समेत गरेका थिए । २३ वर्षका बराइली र २२ वर्षकी शाक्यबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहेपनि शाक्यको परिवारले विवाहलाई अस्वीकार गर्दै आएका थिए । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक तीलक परिवार, दलित अगुवा दुर्गा सोपलगायतले वैवाहिक जीवनको सुरुवात गरेकोमा दुर्वलाई शुभकामना व्यक्त गरेका थिए ।

,

news and entertainment